नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला


काठमाडाैं – यातायात व्यवस्था विभागले आजबाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागी अनलाइन आवेदन खुल्ला गरेको छ ।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए ।

सेवाग्राहीले यातायात व्यवस्था विभाग साइट https://www.dotm.gov.np/ मा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया