उपत्यकामा २ साता थपियाे निषेधाज्ञा, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने


काठमाडौं – काठमाडौ उपत्यकामा ८ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।

बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड-१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।

अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए । हाल जारी निषेधाज्ञा बुधबार सकिँदैछ ।

प्रतिक्रिया