कावासोतीका शिशिर बि.क.को हसौरा खोलामा डुबेर मृत्यु


कावासोती (नवलपरासी), ३ भदौ,
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–४ हसौरा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–३ मानचोक बस्ने सुरज बहादुर बि.क.को छोरा १३ वर्षीय शिशिर बि.क.को साथीहरू सँग पौडी खेल्ने क्रममा सोमबार दिउँसो डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अन्य तीन जना साथीहरू सहित हसौरा खोलाको चिलाहा पुछारमा पौडी खेल्ने क्रममा शिशिर बेपत्ता भएका थिए ।
बेपत्ता भएका शिशिरलाई खोज्ने क्रममा प्रहरी टोलीले डुबेको अवस्थामा शव फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पौडेलले जनकारी दिनु भयो ।

प्रतिक्रिया