दलदले-धौवादी सडक खण्डको पहिरो भोलि देखि हटाइने 


हुप्सेकोट, ३१ असार ,
पहिरोका कारण अवरुद्ध रहेको दलदले-धौवादी सडक खण्ड सञ्चालनका लागि मङ्गलवार देखि पहिरो हटाइने भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्र लाई जोडने मुख्य राजमार्गका रूपमा रहेको दलदले-धौवादी सडक खण्डको पाङग्रेमा ठुलो पहिलो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । अवरुद्ध रहेको सडक सञ्चालनका लागि सोमबार हुप्सेकोट गाउँपालिकाको समन्वयमा सरोकारवालाको संयुक्त टोलीले अनुगमन गरी पहिरो पन्छाउन सुरु गरिने भएको हो ।
पाङग्रे भिरको पहिरो मङ्गलवार देखि सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा निर्माण कम्पनी मार्फत हटाउन सुरु गरिने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । पहिरो हटाउन करिब दुई दिन लाग्ने अनुमान गरिएको छ ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने पाङग्रेमा गएको पहिरोका कारण यस सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भए पछि सञ्चालनका लागि आवश्यक पहल गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो ।
पहिरोका कारण अवरुद्ध सडकको स्थलगत रूपमा हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे सहित, नवलपरासी(बर्दघाट सुस्तार्पू)का प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुली, जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सहितको टोलीले अनुगमन गरेको हो ।

प्रतिक्रिया