मध्यविन्दुमा रुखले च्यापिएर एक जनाको मृत्यु


मध्यविन्दु (नवलपरासी), २२ जेठ ,नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका १२ मा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । ठुलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्र बहादुर थापाको हावाहुरीका कारण रुख ढलेर च्यापिदा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार आज बिहान आएको हावाहुरीले रुख ढल्दा च्यापिएका थापाको प्रहरीले उद्धार गरी निकाल्दा मृत्यु भई सकेको थियो ।
आज बिहान करिब साढे ८ बजेको समयमा ठुलो सालको रुखले च्यापेकाले जेसिभिको सहायताले उद्धार गर्दा ढिला भएको उहाँले बताउनु भयो ।
मृतक थापाको शव पोष्टमाटमका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएको छ ।

प्रतिक्रिया