कुलोमा डुबेर गैँडाकोटमा एक जनाको मृत्यु


मध्यविन्दु (नवलपरासी), २७ चैत,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा कुलोमा डुबेर एक जनाको मृत्यु छ । गैँडाकोट नगरपालिका १२ मालपुर बस्ने ५९ वर्षका सिताराम महतोको आफ्नै घर नजिक रहेको सिँचाइको लागि प्रयोग गर्ने कुलोमा जम्मा भएको पानीमा डुबी मृत्यु भएको हो ।
महतोको मृत्युको स्पष्ट कारण भने खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो । महतोको पानीमा डुबी मृत्यु भएको भनी स्थानीयले जानकारी गराए पछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया