नवलपुर एमाले अधिवेशनको लोगो सार्वजनिक


कावासोती  । नेकपा ( एमाले) यूवा नेता एवम् गण्डकी प्रदेश कमिटी सदस्य विद्रोही गिरीले राष्ट्रियताको रक्षा र विकासको अगुवाई गर्ने पार्टी नेकपा ( एमाले) भएको बताउनुभएको छ । आज कावासोतीको एमाले नवलपुरको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । एमाले निर्वाचनमा नवलपुरमा लोकप्रिय मतमा एक नम्बर पार्टी भएको हुँदा विकासको अपेक्षा पनि जनताको एमाले संगै छ युवा नेता गिरीले भन्नुभयो –‘ जनतामा आधारभुत कुरा पु¥याउन एमाले पक्ति लाग्नुपर्ने छ ’ । एमाले नेतृत्वमा पछाडि फर्केर होइन , अगाडि बढ्ने गरी लाग्नुपर्नेमा उहाँको जोड थियो । नवलपुरको विकासका मोडेल, सुशासनको पक्षमा दृढणका साथ अगाडि बढ्ने र अरु पार्टीहरुले समेत एमालेको नेतृत्व देखेर भरोसा गर्ने खालको काम जिल्ला र स्थानीय तहमा रहेको नेतृत्वले गर्ने बेला आएको उहाँले बताउनुभयो ।

एमाले नवौं जिल्ला अधिबेशन मुल आयोजक कमिटिका संयोजक मुक्तिराम पाण्डेले अधिबेशन भब्य र सफल बनाउन सबै कार्यकर्ता पंक्तिलाई आग्रह गर्नुभयो । समृद्द नवलपुर निर्माणमा नेकपा ( एमाले)को नेतृत्व आबश्यक भएको लोगोमा झल्किएको उहाँले बताउनुभयो । देवचुलीडाँडामा राष्ट्रिय झण्डा फरफराएको ,उदाउँदो सुर्य , एक सिङ्गे गैंडा, समथर फाँट, नारायणी नदी लगाएका जिल्लाका ऐतिहासिक पर्यटकीय स्थलहरुको विम्ब झल्कने गरि प्रचार प्रसार तथा प्रकाशन उपसमितिले लोगो तयार गरेको सह संयोग सागर पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया