कांग्रेस केन्द्रीय समितिको बैठकमा उठेका प्रश्नको आज सभापति देउवाले जवाफ दिने


काठमाण्डौ – कांग्रेस केन्द्रीय समितिको बैठकमा उठेका प्रश्नको आज सभापति शेरबहादुर देउवाले जवाफ दिनुहुने भएको छ ।

गएको साउन दुई गतेदेखि शुरु भएको बैठकमा अब सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ।

पार्टीको आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा अरु नेताहरुले आ–आफ्ना धारणा राखिसकेका छन् ।

आज पार्टी सभापति देउवाले सम्बोधन गरेपछि बैठक समापन गर्ने तयारी छ । अस्ति सोमबार बसेको बैठक आज दिउँसो चार बजेसम्मका लागि सारिएको थियो ।

महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभएको विधान कार्यान्वयन र एक वर्षे कार्ययोजना तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको विभिन्न १० एजेण्डालाई समेटेर बैठकका निर्णय सार्वजनिक गर्ने तयारी छ ।

कांग्रेसले यो बैठक सामाजिक सञ्जालबाट प्रत्यक्ष सार्वजनिक गरेपछि निक्कै चर्चा भएको छ ।

तर एक हप्ता लामो बैठकमा एजेण्डा भन्दा पनि संस्थापन र इतर पक्षबीच आरोप–प्रत्यारोपले मुख्य एजेण्डा नै ओझेल परेका छन् ।

बैठकको छैटौँ दिन सोमवार बोल्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

झन्डै एक वर्षको अन्तरालमा केन्द्रीय समिति बैठक बोलाएपछि बैठकमा सभापति देउवाको आलोचना भएको थियो ।

महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको बैठकबाट कांग्रेसको संगठन सुदृढ हुने बताउनुभएको छ ।

त्यस्तै महामन्त्री गगन थापाले आफू निरन्तर संसदीय दलको नेता बदल्न लागेको बताउनुभएको छ ।

प्रतिक्रिया