कावासोती नगरपालिकामा रहेका पर्यटन क्षेत्रको नक्सा सार्वजनिक


कावासोती ,होटल तथा पर्यटन क्षेत्रको नक्सा सार्वजनिक होटल ब्यावसायी संघ नवलपुरले कावासोती नगरपालिकामा रहेका होटल तथा पर्यटन क्षेत्रको नक्सा सार्वजनिक गरेको छ । शनिबार संघले आफ्नो चौथो बार्षिक उत्सव पारेर कावासोती र यस आसपासका मुख्य पर्यटन क्षेत्र र कावासोतीमा रहेका होटलहरुसम्म पुग्ने मार्गको नक्सा साथै २०८० सालको भित्तेपात्रो लोकार्पण गरेको हो । संघले होटल ब्यावसायी संघ प्रदेश समितिमा उपाध्यक्ष हुनु भएकी होटल ब्यावसायी तुलसी ज्ञवाली लगाएतलाई बधाइ तथा सम्मान पनि गरेको हो । जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता तथा संघका जिल्ला अध्यक्ष सन्तोष रानाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी बिश्वकर्माले नवलपुर देशकै मध्यभाग भएको र देशका कुनैपनी ठाउँ का पर्यटकको विश्राम स्थल नवलपुर हुने भएकोले यहाँका होटल ब्यावसायीले त्यहि अनुसार पर्यटकलाइ थेग्न सक्नेगरी आफ्नो ब्यावसाय परिस्कृत गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।

नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जिल्लाको आर्थिक स्थितीलाई उकास्न अन्य ब्यावसाय भन्दा बढी होटल ब्यावसाय प्रभावकारी भएकोले पर्यटक आकर्षण गर्न होटल ब्यावसायीले अनुशासन र इमानदारीता प्रस्तुत गर्दै आकर्षक कार्यक्रमहरु ल्याउदै जानु पर्नेमा जोड दिनुभयो ।  कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख छेत्र बहादुर भण्डारीले नगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई आफ्नो पाठ्यक्रममा समेत समावेस गरिसकेकोले नगरले आफ्नो कर्तव्य पुरागरेको भन्दै अब होटल ब्यावसायीले त्यस्को फाइदा लिन आफ्नो ब्यावसायलाई परिस्कृत गर्दै लानु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघका सचिव बिष्णु गौडेलले नवलपुरमा पर्यटनको प्रचुर सम्भावना भएकोले त्यस्कालागी होटल ब्यावसायी अनुशासित र सृजनशिल हुनुपर्ने भताउनु भयो । त्यस्तै पर्यटन ब्यावसयी सुमन लम्सालले नवलपुरको चिनारी गराउन सकेमात्रै पनि पर्यटनको निक्कै सम्भावना रहेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष समेत रहेका रानाले नवलपुरलाई पर्यटनको हव बनाउने लक्षका साथ अहिले कावासोतीको पर्यटकिय नक्सा बनाइएको र आगामी दिनमा छिट्टै जिल्लाकै नक्सा बनाउने र त्यसकोलागि आफू लागिपरेको बताउनु भयो । वहाले पर्यटक आकर्षण गर्न सके मात्रै होटल ब्यावसाय टिक्न सक्ने बताउनु भयो ।

कार्यक्रम्मा जिल्ला प्रहरीकार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी, एन्साव नेपालका वन अधिकृत दिप राज भुसाल, नेपाल प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटा,  लगाएत नवलपुरका पर्यटन तथा होटल ब्यावसायीको उपस्थिति रहेको थियो । कार्यक्रमका बारेमा संघका जिल्ला उपाध्यक्ष यम प्रसाद न्यौपानेले प्रष्ट पार्नुभएको हो भने  कार्यक्रमको सन्चालन हुप्सेकोट होटेल व्यावसायी समितीका सचिव डि.बि. गुरुङले गर्नुभएको हो । कार्यक्रम होटल ग्लास हाउस कावासोतीमा सम्पन्न भएको हो ।

प्रतिक्रिया