बर्दियाबाट काठमाडौं जादै गरेको बस गैँडाकोटमा दुर्घटना


गैँडाकोट, १७ असोज, नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैडाकोट नगरपालिका १० सिस्नेमा गएराति बस दुर्घटना भएको छ । बर्दियाबाट काठमाडौं हिडेको भे १ ख ३६७५ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकबाट २ मिलट तल बायाँ तर्फ पल्टिएको प्रहरीले जनाएको छ । बसमा सवार ८ जना मध्ये २ जना घाइते भएको र ६ जना यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ । सकुलस रहेका यात्रुहरुलाई अन्य वसमा गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक बाँके खजुरा १ निवासी ३६ बर्षीय केरमप्रसाद जैसी र बस धनि बर्दिया मधुवन ८ निवासी ३२ बर्षीय विजय श्रेष्ठ घाइते भएका छन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया