दाउन्नेमा सडक भासियो, बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध


मध्यविन्दु (नवलपरासी), १४ असोज
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । दाउन्नेमा सडक भासिए पछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेको खुर्सानी खोलमा सडक भासिएकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायव उपरीक्षक रमेश बोहोराले बताउनु भयो ।
सडक विस्तारको क्रममा निर्माण गरिएको सडक किनाराको रिर्टनिङ पर्खाल खस्नुका साथै विद्युत् हाइटेन्सन लाइनको ठुलो पोल ढलेको प्रहरी नायव उपरीक्षक बोहोराले जानकारी दिनु भयो । होङ्सी सिमेन्ट उद्योग सर्दीका लागि विद्युत् ल्याइएको हाइटेन्सन पोल भाँचिएको हो ।
सोमवार साँझ बाट सडक अवरुद्ध भएकाले पूर्व तर्फ वाट पश्चिम जाँदै गरेको सवारीसाधनलाई नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रमा नै रोकिएको छ । सडक सुचारु गराउनका लागि प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक बोहोराले बताउनु भयो ।

प्रतिक्रिया