विनयी त्रिवेणी गाउँपालिका स्तरीय कृषक समूह गठन 


विनयी त्रिवेणी ,नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा जयन्ती देवी सापकोटाको अध्यक्षतामा गाउँपाकिला स्तरीय कृषक समुह (महासंघ) गठन गरिएको छ ।
बुधवार विनयी त्रिवेणी गाउँपालिकामा भएको गाउँपालिका भित्रका कृषक एवं कृषक समुहको भेलाले विनयी त्रिवेणी गाउँपालिका वडा नम्वर १ का जयन्ती देवी सापकोटाको अध्यक्षतामा गाउँपालिका स्तरीय कृषक समुह गठन गरेको हो ।
समुहको उपाध्यक्षमा वडा नम्वर ६ का मणीकुमार श्रेष्ठ, सचिवमा वडा नम्वर २ का  मुक्तिराम ढकाल, सहसचिवमा वडा नम्वर ४ का समिक्षा थापा र कोषाध्यक्षमा वडा नम्वर ४ का सुनिता भट्टारई सर्वसम्मत चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा वडा नम्वर ३ का संन्तोषी वि.क., नारायणी पौडेल, कमला जि.सी., शम्भु गिरी चयन हुनु भएको छ । कृषक महासंघको प्रदेश प्रतिनिधिमा बालु पुरी र टंकनाथ पाठक चयन हुनु भएको संगम गिरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया