देशको अर्थतन्त्र पुरानो लयमा फर्कँदै : अर्थमन्त्री महत


कावासोती, मङ्सिर १९ गते । अर्थमन्त्री डा. प्रकाश शरण महतले देशको अर्थतन्त्र पुरानो लयमा फर्कन थालेको बताउनुभएको छ । हिजोको अवस्थामा धेरै ऋण प्रवाह भएको र सो अनुरूपमा प्रतिफल आउन नसक्दा यो समस्या भएको उहाँले बताउनुभयो ।

नेपाल प्रेस युनियन नवलपुरको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा. महतले अर्थतन्त्रले लय समाउन थालेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “लगानी गर्दा गर्दै पनि समस्या भएका र ऋण तिर्न नसक्दा माग भन्दा बढी हुने भएकाले समस्या आएको हो । अब भने जग्गाको कारोबार बिस्तारै हुन थालेको छ, बैङ्कबाट ऋण प्रवाह हुँदै छ, पर्यटन पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । बाहिरी रूपमा चलेको हल्लाभन्दा केही अर्थतन्त्रमा सुधार हुन थालेको छ ।” ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि प्रतिफल पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उहाँको भनाइ छ । पुराना लगानीकर्ता भन्दा नयाँ लगानीकर्ता पर्यटन व्यवसाय पनि फस्टाउने क्रम बढेको छ ।

समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । रोजगारीतिर आम्दानी बढाउने र देशमा नै पुँजी आउने हुनाले पर्यटन व्यवसायबाट पनि अर्थतन्त्र राम्रो हुने हुँदा अर्थतन्त्र चलायमान हुन मात्र समय लाग्ने तर अन्य कुरा सुधारोन्मुख हुँदै जान थालेको बताउनुभयो ।

नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र बिस्तारै लयमा फर्कन्छ। समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् । उहाँले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने बताउनुभयो ।

अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै उहाँले ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको हो भन्नुभयो । उहाँले भएका निर्णयका आधारमा सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उहाँले त्यसको प्रतिफल आउन ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ।” ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि प्रतिफल पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायतका विषयमा सरकारले राहतका लागि कोसिस गरिरहेको उहाँको भनाइ छ ।

सञ्चारकर्मीको जिज्ञासामा उहाँले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय टेलिकम हो । यो ठुलो किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।” आधिकारिकरूपमा सरकारलाई जानकारी नभएको जनाउँदै उहाँले यसले पार्ने प्रभावका विषयमा टेलिकमका पदाधिकारसँग बुझ्दै गरेको जानकारी दिनुभयो ।

यस्तै, फरक प्रसङ्गमा अर्थमन्त्री डा. महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिले त्यस्तो केही प्रक्रिया अघि बढेको छैन । हल्ला मात्रै हो । यद्यपि हामीले प्रस्तावमा चुरेका भनेका छैनौँ त्यो पनि बुझिराख्नुपर्‍यो । हाम्रो खनिजजन्य जति पनि उत्पादन हुने सम्भावना छ, यसमा गिट्टी–ढुङ्गा पनि पर्छ ।” यसबाट वातावरणमा नकारात्मक प्रभाव नहुने गरी देशले फाइदा कसरी उठाउन सक्छ भन्ने विषय भएको उहाँले बताउनुभयो  ।

सम्भावनाको अध्ययन गरेर वातावरणलाई क्षति नहुने गरेर यस्तो किसिमको आफ्नो उपभोगका लागि र निर्यात गरेर आम्दानी गर्नका लागि पनि सम्भावना भएको ठाउँमा सम्भावनाको उपभोग गर्नुपर्छ भन्नेमा सरकार रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी समेत नरहेको बताउनुभयो । चितवनको भरतपुर विमानस्थलमा मंगलबार बिहान पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले एनसेल बिक्री प्रकरणबारे सरकारलाई आधिकारिक जानकारी नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस विषयमा हामी अझै सूचना लिइरहेका छौँ । समग्रमा के स्थिति छ सबै बुझिसकेपछि मात्रै यसबारेमा अथेन्टिक रूपमा भन्न सकिन्छ ।”

उहाँले यसको नियमन गर्ने निकाय दूरसञ्चार प्राधिकरण रहेको भन्दै सरकारलाई आधिकारिक जानकारी नआइसकेको बताउनुभयो । “अहिले जे प्रकाशित भएको छ, आधिकारिक रूपमा सरकारलाई जानकारी गराइसक्या अवस्था पनि छैन, हाम्रो तहमा आइसक्या अवस्था पनि छैन,” उहाँले भन्नुभयो । यद्यपि कर छलीको विषयमा आफूले सरोकारवाला निकायसँग छलफल गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया