कसैको कारणले काँग्रेस संगठनमा आँच आउन हुँदैन : गुरुराज घिमिरे


देवचुली,२१ भदौ, नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य गुरुराज घिमिरेले पार्टी भित्र रहेका कार्यकर्ताहरुको आस्था र विश्वासका कारणले काँग्रेसको संगठनमा कुनैपनि आँच आउन दिन नहुने बताउनुभएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुलीमा नेपाली काँग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्नु हुदैँ नेता घिमिरेले काँग्रेसजनलाई काँग्रेसको महत्व बुझाउन आवश्यक रहेको समेत बताउनुभयो ।
“पार्टी भित्र रहेका सबै सदस्यलाई सम्मान गर्नु पर्छ”उहाँले भन्नु भयो “पार्टी व्यक्ति विशेष नभई सबै सदस्यको साझाँ संस्था रहेको हुदाँ एकअर्काको विचार, भावना र योग्यतालाई सुनेर पार्टी चलाउनुपर्छ ।”
पार्टी चलाउनु लोकतन्त्रको आधारभूत मान्यता रहेको बताउँदै नेता घिमिरेले पार्टीलाई सहि ढंगले चलाउन सबैले आँफैमा प्रतिवद्धता गर्न आवश्यक रहेको बताउनुभयो ।
“संगठन बलियो हुनु भनेको कार्यकर्ता बलियो हुनु हो, गुटगटको धरातल भन्दा माथि उठेर संगठनको विस्तारका लागि नयाँ आयाम ल्याउन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दछु”उहाँले भन्नु भयो ।
काँग्रेसको संगठन राम्रो र बलियो बनाउँदै सकारात्मक सन्देश नागरिकमा बाँड्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

प्रतिक्रिया