निजामती कर्मचारी युनियन नवलपुरद्धार अपाङ्ग सेवा संस्थामा सहयोग


कावासोती,१९ भदौ, नेपाल निजामती कर्मचारी युनियन नवलपरासी(ब.सु.पू.) ले मौलाकालिका अपाङ्ग सेवा संस्थामा फलफूल वितरण र एक महिनाको घर भाडा सहयोग गरेको छ ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा नवलपरासी पूर्वले मौलाकालिका अपाङ्ग सेवा संस्था कावासोती ८ मा फलफूल वितरण गर्नुका साथै संस्थाको एक महिनाको घर भाडा २० हजार रुपैयाँ सहयोग गरिएको जिल्ला कार्यसमिति सदस्य महेन्द्र बस्ताकोटीले बताउनु भयो ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस प्रत्येक वर्ष रचनात्मक कार्यक्रम गरि मनाउने क्रममा यस वर्ष पनि सामाजिक कार्य गरिएको नेपाल निजामती कर्मचारी युनियन नवलपरासी पूर्वका अध्यक्ष बुद्धि प्रसाद अधिकारीले बताउनु भयो । कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी केन्द्रिय अध्यक्ष गोकुल पराजुली ,नेपाल निजामती कर्मचारी युनियन नवलपरासी(ब.सु.पू.)का अध्यक्ष बुद्धि प्रसाद अधिकारी, महाधिवेशन प्रतिनिधि बुद्धि देउजा, प्रमोद अर्याल, विकाश नर सिंह राणा लगाएतकाको सहभागित रहेको थियो । नेपाल निजामती कर्मचारी युनियनले आफ्नो स्थापना दिवसको अवसरमा मौलाकालिका अपाङ्ग सेवा संस्थालाई सहयोग गरेको प्रति संस्थाले धन्यवाद व्यक्त गरेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन नवलपरासी(ब.सु.पू.)ले स्थापना दिवसको अवसरमा गत वर्ष पनि मौलाकालिका अपाङ्ग सेवा संस्थामा नै फलफूल तथा खाद्यान्न सहयोग गरेको थियो ।

प्रतिक्रिया