सीन नवलपुरको आयोजनामा विज्ञान शिक्षकहरुलाई प्रशिक्षण
कावासोती ,२० साउन,
सीन नवलपुर(Socity for Educational Excellence NawalpuR) को आयोजनमा विज्ञान शिक्षकहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत विद्यालयहरुको समुह सीन नवलपुरको आयोजनामा विज्ञान विषय अध्यापन गराउने शिक्षकहरुलाई विषय विज्ञद्धारा एक दिने प्रशिक्षण सम्पन्न गरिएको हो ।
जिल्लाका २७ संस्थागत विद्यालयका ५० शिक्षकहरुलाई प्रशिक्षण दिइएको सीन नवलपुरका तालिम व्यवस्थापन समितिका संयोजक हरिहर अधिकारीेले बताउनु भयो ।
कार्यक्रममा मूल्याङ्कन प्रणाली लाई प्रभावकारी बनाउने तारिका, व्यवहारिक शिक्षा, शिक्षण सिकाइको सीप विकास लगायतको विषयमा ओसन पब्लिकेशनका पुस्तक लेखक डा.गणेशबहादुर वोहराले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्यावसनका केन्द्रिय समिति सदस्य जगत प्रसाद भट्टराईले अहिलेका विद्यार्थीलाई विज्ञान शिक्षण सरल र सहज तरिकाले गराउनु पर्ने वताउनु भयो । विद्यार्थीले गरेर सिक्ने वातावरण शिक्षक, अभिभावक र विद्यालयले निर्माण गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले प्रविधिको अत्यधिक प्रयोगले विद्यार्थी यान्त्रिक बन्दै गएको हुनाले उनीहरुलाई घर परिवार, गाउँ, समाजका हरेक गतिविधिमा संलग्न गराउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यकम्र सीन नवलपुरका अध्यक्ष चन्द्रकान्त बस्यालले समयानुकुल शिक्षण पद्धतिको विकास र प्रशिक्षणका लागि तालिम आयोजना गरिएको बताउनु भयो । विषय विज्ञ मार्फत क्रमिकरुपमा सवै विषयको प्रशिक्षण र सहजिकरण कार्यक्रम सीन नवलपुरले सञ्चालन गर्ने अध्यक्ष बस्यालले बताउनु भयो ।
कार्यक्रममा सीन नवलपुरका तालिम व्यवस्थापन उपसमितिका संयोजक हरिहर अधिकारीेले बालबालिकामा संस्कार–सहितको शिक्षा आवश्यक रहेको बताउदै अबको शिक्षालाई संस्कार र व्यावहारिक कुरालाई प्राथमिकतामा राख्न जरूरी रहेको औँल्याउनु भयो । चालु शैक्षिक सत्रमा सबै विषयको प्रशिक्षण अझ प्रभावकारी ढंगले सञ्चालन गरिने अधिकारीले बताउनु भयो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नियमति प्रशिक्षणहरु सञ्चालन गरिने वार्षिक कार्ययोजना तय गरिएको उहाँले बताउनु भयो ।
कार्यकम्र सीन नवलपुरका अध्यक्ष चन्द्रकान्त बस्यालको अध्यक्षता एवम् प्यावसनका केन्द्रिय समिति सदस्य जगत प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।