कृषि मन्त्री जि.सी.लाई हुप्सेकोट गाउँपालिकाद्धारा बधाई एवं सम्मान


हुप्सेकोट,६ जेठ,  गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जि.सी. लाई हुप्सेकोट गाउँपालिकाले बधाई एवं शुभकामना व्यक्त गरेको छ । नवनियुक्त कृषि तथा भूमि व्यवस्थ मन्त्री जि.सी.लाई हुप्सेकोट गाउँपालिकाले विशेष कार्यक्रम आयोजना गरि बधाई ज्ञापन संगै सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे,उपाध्यक्ष पुर्ण सिं राना सहित जनप्रतिनिधि र स्थानीयको उपस्थीतिमा मन्त्री जि.सी.लाई बधाई ज्ञापन सहित सम्मान गरिएको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सम्मान पत्र,दोसल्ला र फुल मालाले मन्त्री जि.सी.लाई सम्मान गर्नु भएको थियो ।


हुप्सेकोट गाउँपालिका संगै समग्र गण्डकी प्रदेशका कृषकहरुको हितमा हुने गरि नवीनतम कार्यहरु गर्न गाउँपालिका अध्यक्ष पण्डेले आग्रह गर्नु भयो । एक इमान्दार व्यक्ति जनताको प्रत्यक्ष दैनिकी संग जोडिएको मन्त्रालयमा पुगेको हुदा जनतामा तेही अनुसारको उत्साहा छाएकाले त्यसैअनुसार कार्य गर्न अध्यक्ष पाण्डेले सुझाव दिनु भयो ।

सम्मान ग्रहण पछि सम्बोधन गर्नु हुदै गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जि.सी.ले कृषकमा उत्साहा छाउने गरि काम गर्ने बताउनु भयो ।
“जिल्लामा धेरै काम गरेको हुदा महेन्द्र जि.सी.ले यो ठाउमा नराम्रो काम गर्यो भन्ने अहिले सम्म तपाईहरुले सुन्नु परेको छैन” जि.सी.ले भन्नु भयो “अब पनि प्रदेश सरकारमा रहेर काम गर्दा जि.सी.ले यस्तो नराम्रो गरेछ भन्ने पार्ने छैन् ।”


गण्डकी प्रदेशका कृषकको सवै काम एकै पटक पुरा गर्न नसके पनि उच्चतम कार्यसम्पादन गरेरै छाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।
बधाई एवं शुभकामना कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक नाथा घिमिरे सहित कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया