चार जना पत्रकारलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’


मध्यविन्दु, २९ वैशाख,
राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला व्युरो प्रमुख सुर्य चन्द्र बस्नेत सहित चार जना पत्रकारलाई सुर्य भक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन नवलपरासी(बर्दघाट सुस्तापूर्व)नवलपुर शाखाले वितरण गर्ने सुर्य भक्त पतना देवी राष्ट्रिय पत्रकारिता पुरस्कार बाट राष्ट्रिय समाचार समितिका बस्नेत सहित चार जना पत्रकारलाई सम्मान गर्ने निर्णय भएको नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले बताउनु भयो ।
“प्रत्येक बर्ष वितरण गरिने सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ र २०७९ बाट बरिष्ठ पत्रकार सुर्यचन्द्र बस्नेत सहित नेपाल टेलिभिजन सञ्चालक समिति अध्यक्ष समिरजङ साह , विविसी नेपाली सेवाका ईस्वर जोसि र डा भुमिराज चापागाईलाई सम्मान गरिने छ” उहाँले भन्नु भयो ।


सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि छनौट हुनु भएका बस्नेत राष्ट्र पुकार साप्ताहीक वाट पत्रकारीता सुरु गरि राससमा झण्डै साढे दुई दशक देखि कार्यरत रहनु भएको छ । पत्रकार बस्नेतले कानुनमा स्नातक र आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नु भएको छ । यस अघि उहाँ राससको वोर्ड सदस्य र प्रमुख समाचार दाता हुनुहुन्थियो ।
प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतना देवि अधिकारी को स्मृतिमा मृत्युपर्यन्त उनका छोरा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सो पुरस्कारको स्थापना गर्नु भएको हो ।
सम्मानीत पत्रकारालाई पुरस्कार जनही २५ हजार नगद र ताम्रपत्रले सम्मानित गरिने अध्यक्ष पराजुलिले बताउनु भयो ।
वरिष्ठ पत्रकारहरु किशोर नेपाल, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, पोषण केसि, रामजी दाहाल, विपुल पोख्रेल लगाएतका वरिष्ठ पत्रकारहरुलाई यस अघि उक्त पुरस्कर प्रदान गरिएको थियो ।
यहि जेठ ५ गते नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको ११ औँ अधिवेसन समेत हुने भएकाले सोही दिन नै पुरस्कार वितरण गरिने प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटाले बताउनु भयो ।
“पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं सांसद डा.शशांक कोईराला लगायतका केन्द्रिय नेता एवं प्रेस युनियनका केन्द्रिय पदाधिकारी नवलपुर आउनु हुने छ” उहाँले भन्नु भयो ।

 

 

प्रतिक्रिया