विनयी त्रिवेणी गाउँपालिका ५ मा उद्घोषण कला तालिम सम्पन्न
नवलपरासी(बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका वडा नं. ५ देउरलीमा उद्घोषण कला तालिम सम्पन्न भएको छ ।
वियनी त्रिवेणी गाउँपालिका वडा नम्वर ५ का ४० जनाको सहभागिता रहेको तालिमको एक कार्यक्रमका विच समापन गरिएको हो । तालिम समापन गर्दै वडाअध्यक्ष रन वहादुर झेडीले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।
वडा अध्यक्ष झेडीले घण्टौं मोबाइल हेरेर समय बिताउनुभन्दा विभिन्न अतिरिक्त क्रियाकलाप र रचनात्मक गतिविधिमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । तालिममा सहभागिको उपलव्धीले आफूलाई निकै उत्साहित तुल्याएको बताउँदै उहाँले यसबाट प्राप्त प्रतिक्रिया, अनुभवबाट आगामि दिनमा अझ राम्रो कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा वडा सदस्य माया बैदवारले तालिममा सिकेको कलाले मौलिक तथा सिर्जनात्मक सोचको विकास गर्न सघाउने धारणा राख्नुभयो । समापन कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतवहादुर कार्की, नेकपा एमाले वडा कमिटि सदस्य चक्रपाणि तिमिल्सेना, विनयी त्रिवेणी गाउँपालिकाको पुर्व कार्यपालिका सदस्य विष्णु जि.सी. सहित तालिममा सहभागिताले उद्घोषण कला तालिम निकै फलदाई भएको र आगामि दिनमा थप यस्तै कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भएको थियो ।
तीन दिन सम्म सञ्चालित तालिममा उद्घोषणकलाको सैद्धान्तिक ज्ञानका साथै त्यसको लेखन, बोल्ने अभ्यास गराइएको प्रमुख प्रशिक्षक बिष्णु गौडेलले बताउनुभयो ।