हुप्सेकोटको रिपाहामा बाख्रा पालन सम्बन्धी तालिम


हुप्सेकोट, १३ चैत,
हुप्सेकोट गाउँपालिकाको रिपाहा गाउँमा बाख्रा पालन सम्बन्धी सिप विकास तालिम सञ्चालन गरिएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्वर ४ को रिपाहा गाउँमा बाख्रा पालन तालिम संगै निशुल्क औषधी वितरण गरिएको हो । गरिबी निवाराणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सात दिने बाख्रापालन तालिम का साथै निशुल्क औषधी वितरण गरिएको हुप्सेकोट गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष महेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । सात दिन सम्म सञ्चालन गरिएको तालिममा स्थानीय ३० घर धुरिका बाख्रापालक कृषकहरु सहभागि रहेका थिए ।

त्यसैगरी तालिम समापनका दिन रिपाहा क्षेत्रका सम्पुर्ण पशुपालक कृषकहरुलाई निशुलक औषधी समेत वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका पशु शाखा प्रमुख नागेन्द्र शाहले बताउनु भयो ।
तालिम समापन गर्दै हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पुर्ण सिं रानाले पहाडी क्षेत्र बाख्रापालनका लागी निकै उपयुक्त रहेकाले व्यवसायिक बाख्रा पालनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

त्यसैगरी वडा नम्वर ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद पाण्डेले यस वडामा बाख्रा पालनका लागि कृषकहरु लाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।

प्रतिक्रिया