हुप्सेकोट गाउँपालिकाको गाउँसभाद्धारा चार वटा विद्येयक पारित


विष्णुप्रसाद गौडेल,१७ फागुन,
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले गाउँसभा मार्फत चार वटा विद्येयक ल्याएको छ ।
हुप्सेकोट गाउँपालिकाको दोस्रो अधिवेशनको दोस्रो बैठकले चार वटा विद्येयक सर्वसम्मतले पारित गरेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । गाउँसभा मार्फत गाउँपालिका अध्यक्ष पाण्डेले हुप्सेकोट गाउँपालिकाको सार्वजनिक लेखा समितिको कार्य संचालन नियमावली २०७९, हुप्सेकोट गाउँपालिका विद्यायन समिति गठन तथा सञ्चालन कार्यविधि २०७९, हुप्सेकोट गाउँपालिका सुशासन तथा विकास समिति गठन तथा सञ्चालन कार्यविधि २०७९ र हुप्सेकोट गाउँपालिका खेलकुद विकास विद्येयक २०७९ सभामार्फत पारित भएको घोषणा गर्नु भएको हो । त्यसैगरी हुप्सेकोट गाउँपालिका नगर प्रहरी गठन,सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धी ऐन २०७७ को दोस्रो संशोधन पनि पारित भएको उहाँले बताउनु भयो ।
‘गाउँपालिकामा आवश्यक पर्ने ऐन एवं विद्येयक व्यापक छलफलपछि तयार गरेर सभामा लैजाने गरेका छौँ’, गाउँपालिका अध्यक्ष पाण्डेले भन्नु भयो, ‘गाउँपालिका सञ्चालनका लागि आवश्यक विद्येयकहरु क्रमश पारित गर्दै आइरहेका छौँ ।’
गाउँसभाको कार्यप्रणलीलाई व्यवस्थित गरी समावेशी, सहभागितामूलक, गुणस्तरीय, परिणाममुखी एवं प्रभावकारी सेवा प्रवाहका लागि समितिको गठन तथा सञ्चालन गर्न गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३५ बमोजमि हुप्सेकोट गाउँपालिकाको गाउँ सभाले विद्येयकहरु पारित गरिएको गाउँपालिका अध्यक्ष पाण्डेल बताउनु भयो ।


“गाउँपालिकाको शासन व्यवस्थालाई थप जनमुखी, सेवामुखी, जनउत्तरदायी र पारदर्शी तुल्याई सुशासनको प्रत्याभूति दिलाउनका लागि आवश्यक कार्यविधि एवं ऐनहरु हामिले गाउँसभा मार्फत पारित गर्ने गरेका छौँ”उहाँले भन्नु भयो ।
गाउँसभामा हुप्सेकोट गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक पुर्ण सिं रानाले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गाउँसभाले १५ सैँयाको अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने र हुप्सेकोट प्राविधिक शिक्षालयमा दुई वटा संकाय थप गर्ने संकल्प प्रस्ताव पनि पारित गरेको प्रमुख प्रशसकिय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले बताउनु भयो ।

 

प्रतिक्रिया