रुखबाट खस्दा एक महिलाको मृत्यु


नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ५ षट्कोण बस्ने २६ वर्षीय पुलिसरा ठाडा मगर रुखमा घाँस झार्ने क्रममा खस्नजादा घाईतेभइ उपचारका लागी चितवन लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शुक्रबार दिउसो भएको घटनामा घाइते भएकी पुलिसरालाई उद्धार गरि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । विकट पहाडि गाउँमा भएको घटनामा घाईतेको उद्धार गरि अस्पताल पुर्याउन समय लागेकाले मृत्यु भएको मृतकका श्रीमान दुर्गा बहादुर ठाडामगरले वताउनु भयो । मृतकको शव पोष्टमाटमका लागि अहिले मध्यविन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ । घटनाको वारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शनिवार शवको पोष्टमाटम गरि परिवारलाई जिम्मा लागाइने प्रहरी सहायक निरिक्षक रुक्मागत न्यौपानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया