कृषि क्रान्ति मार्फत समृद्धिको नारा सहित डा.शशांक कोइराला घरदैलोमा
आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । नवलपरासी पूर्वको संघिय निर्वाचन क्षेत्र नम्वर १ वाट चौथो पटक उम्मेदवार हुनु भएका कांग्रेस केन्द्रिय सदस्य डा.शशांक कोइरालाले कृषि क्रान्ति मार्फत समृद्धिको नारा सहित मत माग्न थाल्नु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा वडा भेला मार्फत चुनावि अभियान सुरु गर्नु भएका डा. कोइरालाले यस क्षेत्रमा कृषिको राम्रो सम्भावना रहेकाले अत्याधुनिक कृषि उद्यान निर्माण गरिने वताउनु भएको छ । “चौथो पटक निर्वाचन लडदै गर्दा मेरो लक्ष कृषि मार्र्फत आर्थक समृद्धि हो ” डा. कोइरालाले भन्नु भयो “ प्रधानमन्त्री कुनै दिन वने भने कृषि मै फोकस गरेर देशभर कृषि क्रान्तिको अभियान सञ्चालन गर्ने छु ।”
तीन पटक चुनाव जितेर के गरिस भन्नेहरुले बुझ्नु पर्छको यो अवधिमा देशले संविधान र स्थीरताका लागि संघर्ष गर्नु परेको थियो । अवको वाटो समृद्धि र स्थीरताको रहेको डा.कोइरालाले वताउनु भयो ।
डा. कोइरालाले चुनावि अभियान अन्तर्गत अहिले वडा वडामा भेला मार्फत स्थानियको गुनासो सुन्ने र सुझाव संकलन गर्ने कार्य सञ्चालन गर्नु भएको छ । वि.सं.२०६४ साल देखि लगातार तीन पटक निर्वाचन जिती सकेको हुदा यस क्षेत्रमा फेरी पनि निर्वाचन जित्ने डा.कोइरालाको विश्वास छ ।
प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका नवलपरासी पूर्वमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि नवलपुरमा मतदाताको सङ्ख्या दुई लाख ६० हजार चार सय ६१ पुगेको छ । दुई वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्र रहेको जिल्लामा एक लाख २४ हजार तीन सय ३६ पुरुष, एक लाख ३६ हजार एक सय २१ महिला र अन्य चार मतदाता रहेका निर्वाचन आयोगले जनाइएको छ ।
आयोगका अनुसार जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र अन्य एक जना गरी जम्मा एक लाख ३१ हजार एक सय ८१ मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।