कावासोती नगरपालिका ६ लाई दुर्वेशन मुक्त वनाउन अभियान सुरु


नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा नम्वर ६ ले वडालाई दुर्वेशन मुक्त वनाउन अभियान सुरु गरेको छ । वडा भित्रका सरोकारवाला पक्षको भेलावाट वडालाई लागु औषध मक्त वनाउने अभियान सञ्चालन गरिएको हो ।

१८ वर्षमुनिका बालबालिकाहरुलाई मादक पदार्थ, सुर्तिजन्य वस्तुको बिक्रीवितरण तथा ओसार पसार गर्न नपाइने नियम वडा भित्र कडाईका साथ लागु गर्ने निर्णय भएको कावासोती नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष यम बहादुर थापाले वताउनु भयो । त्यसैगरी मादक पदार्थ बेलुका ५ बजेपछि मात्र बिक्रीवितरण गर्नु पर्ने, बिक्रीस्थलमा मादक पदार्थ सेवन गर्न नपाईने, सुर्तिजन्यवस्तु, मादक पदार्थ सार्वजनिक स्थलमा सेवन गर्न नपाईने निर्णय वडाले गरेको छ । वडा नम्वर ६ को सर्वपक्षिय भेला मार्फत वडालाई तासजुवा मुक्त गर्ने पनि निर्णय गरेको छ । वडा लाई सुव्यवस्थीत र दुर्वेशन रहित वनाउने अभियान स्वरुप वडामा सचेतनामुलक अभियान सुरु गरिएको वडा अध्यक्ष थापाले वताउनु भयो । निर्णय कार्यान्वयनका लागी पहिलो चरणमा सवैलाई सुचित गरिने र नियमको रुपमा यसलाई कार्यान्वयन गरिने जनाइएको छ ।

प्रतिक्रिया