हुप्सेकोट गाउँपालिकाले बिपन्न र फरक क्षमता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने


हुप्सेकोट गाउँपालिकाले आगामि आर्थिक वर्षमा गाउँपालिका भित्रका बिपन्न र फरक क्षमता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरि दिने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउसभाबाट पारित भएको आउदो आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम मार्फत गाउँपालिका भित्रका गरिब परचय पत्रका आधारमा बिपन्न घर परिवार साथै मध्यम र सामान्य बर्गका फरक क्षमता भएका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गरिने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । त्यसैगरी गाउँपालिका भित्र वर्थिङ्ग सेन्टरलाई चौबिसै घण्टा संचालन गर्न आवश्यक व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । सुत्केरी आमाको स्वास्थ तथा पोषणको व्यवस्थालाई व्यवस्थित गर्न प्रोत्साहन स्वरुप हरेक सुत्केरी आमालाई प्रदान गरिदै आएको रकम उपलब्ध गराउन सुत्केरी आमा पोषिलो खाना कार्यक्रमलाई निरन्तरता दिईएको छ । हुप्सेकोट गाउँपालिका ४ शंखदेवमा रहेको धौवादी स्वास्थ्य चौकीमा प्रायोगशाला निर्माण गरी संचालनमा ल्याइने नीति लिइएको छ । गाउँपालिकाको स्वास्थ्य सेवालाई थप व्यवस्थित तथा प्रभावकारी नाउन पहाडी क्षेत्रमा एम्बुलेन्स सेवा संचालनमा ल्यईने भएको छ । त्यसैगरी निर्माणधीन देउराली प्राथमिक अस्पतालको भवन सम्पन्न गरी नवनिर्मित भवनबाट सेवा संचालनको व्यवस्था मिलाइने भएको छ ।

 

प्रतिक्रिया