हुप्सेकोट गाउँपालिकामा आमा बुवाको पालनपोषण गर्ने परिवारलाई सम्मान गरिने


हुप्सेकोट गाउँपालिकामा आमा बुबा लगायत जेष्ठ सदस्यहरुको हेरचाह तथा पालनपोषण गर्ने परिवारका सदस्यहरुलाई सम्मान गरिने भएको छ । आगामि आर्थिक बर्ष देखि सञ्चालन गरिने यस कार्यक्रम अन्तर्गत जेष्ठ नागरीकको विशेष पालनपोषण एवम् हेरचाहा गर्ने छोरा बुहारी एवम् परिवारका सदस्यहरुलाई गाउँपालिकाले सम्मान गर्ने गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । गाउँपालिका भित्रका जेष्ठ नागरिकहरुको संरक्षण,नियमित र निशुल्क स्वास्थ्य परिक्षण र उपचारको प्रबन्ध,स्वास्थ्य शिविर , सम्मान कार्यक्रम र अन्य प्रवर्धनात्मक कार्यक्रमलाई गाउपालिका र टोल विकास संस्थाहरु मार्फत निरन्तरता दिईने भएको छ । त्यसैगरी प्रत्येक वडा,टोलमा जेष्ठ नागरिक क्लव गठन गरी उहाहरुको जीवनशैलीलाई सजिलो बनाउन पहल गरिने जनाइएको छ । जेष्ठ नागरिकमा रहेको ज्ञान शिपलाई प्रवद्र्धन गर्न जेष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम संचालन गरिने भएको छ ।

प्रतिक्रिया