अब भ्रममा नपर्नुस नगरवासी, सुकुम्बासी आयोग गठन गरी पुर्जा दिने काम म पुरा गर्छू ः महेन्द्र पोख्रेल
नवलपुर
स्थानीय तहको निर्वाचन आउन अब ६ दिन मात्र बाकि रहदा उम्मेदवारहरुले चुनावी प्रचारलाई तिव्र रुपमा आगाडि बढाएका छन । विहान देखि नै घरदैलो र कोणसभामा व्यस्त उम्मेदवारहरुलाई आफ्नो पक्षमा मतदाता संग मत माग्न भ्याइनभ्याइ भएको छ । यसै विच कावासोती नगरपालिकामा गठबन्धनका उम्मेदवारहरु र्याली सहित कोणसभा कार्यक्रमलाई अगाडि बढाएका छन । आज कावासोती नगरपालिकाको वडा नम्बर १ को हात्तिखोरमा कोणसभालाई सम्बोधन गर्दै नगर प्रमुखका उम्मेदवार महेन्द्र पोख्रेलले सुकुम्बासी समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकताको काम रहेको बताउनुभयो ।
विस वर्ष भन्दा अघि देखि कावासोती क्षेत्रमा नेकपा एमालेले नेतृत्व गरेको स्मरण गराउदै पोख्रेलले भन्नुभयो “सधै जनतालाई लालपुर्जाको आशा देखाई झुटको खेती गर्ने काम भएको छ । अब तपाईहरु भम्रमा नर्पनुस नेपाली कांग्रेसको गठबन्धनको नेतृत्वलाई मतदान गरी विजयी गराउनु, सुकुम्वासी समस्या समाधान गर्ने दायित्व म पुरा गर्नेछु । ”
सुकुम्वासी, अव्यवस्थित बसोवासको समस्या समाधान गर्न पहिले जिल्लामा आयोग गठन हुन आवश्यक रहेको भन्दै निर्वाचन पछि पहिलो काम आयोग गठन गर्न केन्द्र सरकारसंग पहल गर्ने बताउनुभयो । पटक पटक चुनावको समयमा लालपुर्जाको आश्वासन दिएका नेताहरुको भ्रममा नपर्न वडा नम्बर १ का स्थानीयवासीहरुलाई आग्रह गर्दै पोख्रेलले भन्नुभयो “अव कावासोतीवासीको सुकुम्वासी समस्या समाधान गर्न गठबन्धनको नेतृत्वको विकल्प छैन, अहिलेसम्म तपाईका भावनाअनुसार नभएका काम र समाधान नभएका सबै समस्या हामी पुरा गर्ने छौ । ”
त्यस्तै कावासोती क्षेत्रका सबै खानेपानी, शिक्षा स्वास्थ्यलाई प्राथमिकीकरण गरी सबै वडाबासीलाई जनप्रतिनिधि आएपछि सुख र समृद्धि आएको महसुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नगर उपप्रमुखका उम्मेदवार पतिराम थनेत संगै वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार माधव भण्डारी सहित वडा सदस्यहरु, सहित गठबन्धनका नेता, महाधिवेशन प्रतिनिधी, जिल्ला कार्यसमिती सदस्य, भातृसंगठनका नेता, कार्यकर्ता सहित स्थानीयवासीको उल्लेख्य सहभागिता रहेका थियो ।