कावासोती गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिकः यस्ता छन् योजना


कावासोती ः
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धन कावासोतीले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
कावासोतीमा मंगलबार एक कार्यक्रमको आयोजना गरि गठबन्धनको सरकार स्थापित भए पुरा गर्ने योजना तथा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । जिल्ला तहका नेताहरूको उपस्थितमा सार्वजनिक गरिएको प्रतिवद्धताको मूल लक्ष्य ‘गठबन्धनको नेतृत्व शान्ति र संविधान कावासोती नगरमा समृद्धिको अभियान’ रहेको जनाइएको छ ।
नगरप्रमुख महेन्द्र पोख्रेल र उपप्रमुख पतिराम थनेतलाई अगाडि बढाएको गठबन्धनले आफ्ना उम्मेदवारले जित प्रतिबद्धतामा भनिए अनुसार काम गर्ने बताएको छ । सामन्ति, निरकुश, एकात्मक र केन्दि«कृत राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आफुहरु प्रतिबद्ध रहेको गठबन्धनले जनाएको छ ।
नेपालको संविधान २०७२ ले प्रत्याभुत गरेका संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, शुसासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न कानुनी राज्यको लोकतान्त्रीक मुल्यमान्यतामा आधारित समाजबाद प्रति उन्मुख रही राष्ट्र निर्माण गर्न गठबन्धनका उम्मेदवारहरुका पक्षमा मतदान गरी समृद्ध कावासोती निर्माणमा गोलबद्ध हुन आग्रह गरिएको छ ।
प्राविधिक शिक्षामा जोड दिँदै गुणस्तरीय शिक्षा, रोजगारी सिर्जनाका लागि कृषि र पर्यटनमा लगानी, आधारभुत स्वास्थ्यमा हरेक नागरिकको पहुँच, नगर अस्पताल सञ्चालन, मध्यविन्दु जिल्ला अस्पताललाई मेडिकल कलेजमा परिणत, युवाहरूलाई सिप र उद्यमशिलता मार्फत रोजगार सिर्जना गर्ने योजना गठबन्धनले अगाडि सारेको छ ।
प्रतिवद्धता पत्र सार्वजनिक पश्चात बोल्दै नेपाली कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसिले आफू लगायतको टिमले जित पश्चात समग्र विकासका लागि सबैसँग हातेमालो गर्दै अगाडि बढाउने प्रतिवद्धता व्यतm गनुभयो । उहाँले गठबन्धनको सरकारले एक अर्कालाइ पैचो मागेकाले समग्र विकासका लागि साधारण तरिकाबाट लिने र गठबन्धनलाइ विजयी बनाउन लाग्नु पर्ने बताउनु भयो ।
उहाँले गठबन्धनका उम्मेदवारले घोषणा गरिएका प्रतिबद्धता अनुसार काम गर्नेमा सबैमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले कावासोती मात्रै नभई देश भरि उम्मेदवार बनेका प्रतिनिधिले जित पछि विकास , शुसासनलाई र समृद्धिका लागि काम गर्ने बताउनुभयो ।

कावासोती गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख गरिएका कुरा पुर्णपाठ सहित
१. कृषि ः
नगर मित्र रहेको कृषि योग्ग भूमिलाई न्एक् प्रणली मार्फत नक्शांकन गरी
निम्न कार्यहरु गर्नेछौँ ।
— उत्पादन परिमाणका आधारमा दुध लगायतका वस्तु कृषकहरुलाई अनुदानको
व्यवस्था गरिनेछ ।
— खेतबारीमा कृषि प्राविधिक अभियान अन्तरगत उन्नत मल, वीउ, किटनाशक औषधि
र प्रविधिको पहुंच बढाइने छ ।

— वृहत स्केलमा कृषि फर्म संचालन गर्न चाहने युवाहरुलाई लिजमा आवश्यक भूमि
उपलब्ध गराईनेछ ।
— थोपा सिंचाई प्रणाली र डिप वोरिङ्ग मार्फत सिंचाईको व्यवस्था गरिने छ । सिंचाईका
लागि विद्युत महशुलमा ५० प्रतिशत छुट दिइने छ ।
— प्रत्येक वडामा कृषि उपज संकलन केन्द«को निर्माण गरि कृषकहरुको उत्पादनलाई
बजारीकरण गर्न सहजिकरण गरिने छ ।
— नगरभित्र रहेका कृषि प्रशोधन उद्योगहरुको नविकरण शुल्क र विद्युत महशुलमा
२० प्रतिशत छुट दिइने छ ।
— एक वडा–एक उल्पादनको अवधारणा अनुसार प्राथमिकता निर्धारण गरीनेछ ।
—पशु विमा र वाली विमालाई अभियानको रुपमा संचालन गरि प्रिमियममा १० प्रतिशत
अनुदानको व्यवस्था गरिने छ ।
— शहरी क्षेत्रमा करेसावारी र छतमा तरकारी खेती कार्यक्रम संचालन गरिनेछ ।
— कृषक परिचय पत्रको व्यवस्था गरी सर्वसुलभ ऋण र अनुदानको व्यवस्था गरिने छ ।
— विपन्न, दलित,महिला, बोटे, माझि, मुसहर समुदायलाई सघन खेति प्रणाली, साझेदारी
मत्स्य पालन लगायतका कार्यक्रमहरु संचालन गरिने छ ।
२. शिक्षा ः
— नगर भित्रका सामुदायिक विद्यालयहरुमा २ जना र क्याम्पसहरुमा १ जना शिक्षक
प्राध्यापकको तलब भत्ता नगरपालिकाले भूक्तानी दिने व्यवस्था गरिने छ ।
— प्राविधिक धार तर्फ इन्जिनियरीङ्ग र कृषि विज्ञान विषयका १–१ वटा प्राविधिक शिक्षालय
संचालन गरिने छ ।
— प्रत्येक विद्यालयमा प्रविधिको पहुंच पु¥याई क्ष्ऋत् कक्षा संचालन गरिने छ ।
— सबै आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था गरिने छ ।
— संस्थागत विद्यालयहरुसँग सहकार्य गरी सार्वजानिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्राका
लागि छात्रवृत्ति कोषको स्थापना गरिने छ ।
— सिकाई उपलब्धि र नतिजाको आधारमा विद्यालय÷क्याम्पसहरुलाई पुरस्कृत गर्ने, अनुदान
दिने नीति तर्जुमा गरिने छ ।
— माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क, अनिवार्य, सर्वसुलभ र गुणस्तरिय गराईने छ ।
— प्रत्येक वडामा सामुदायिक अध्ययन केन्द« स्थापना गरी सीपमुलक तथा निरन्तर
सिकाई कार्यक्रम गरिने छ ।
— अति विपन्न दलित, फरक क्षमता भएका बालबालिकाहरुलाई निःशुल्क पाठ्य सामाग्री,
विशेष छात्रवृत्ति प्रदान गरिने छ ।
— वालमैत्री वातावरणको सृजना गरी सिकाई प्रक्रियालाई प्रभावकारी बनाउने नीति तय गरिने छ ।
— दीर्घकालिन शैक्षिक रणनीति तयार गरी कावासोती नगरपालिका लाई स्थानीय पाठ्यक्रम
सहितको शैक्षिक हबको रुपमा विकास गरिने छ ।
—मन्टेश्वरी (शिशु कक्षा) नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा व्यवस्थित तरिकाले
संचालन गरिने, मन्टेश्वरी तालिमको व्यवस्था गर्ने तथा स्थानिय पाठ्यक्रमको प्रयोगमा
जोड दिइने छ ।
— विद्यार्थीलाई उत्पादनसँग जोड्न पढ्दै कमाउदै कार्यक्रमलाई नगरभित्रका सबै सामुदायिक
विद्यालयमा प्रभावकारी ढंगले संचालन गरिने छ ।
— नगरभित्र संचालनमा रहेका शैक्षिक संस्थाहरुसँग समन्वय गरि बहुप्राविधिक विद्यालय
संचालन गरिने छ ।
३. स्वास्थ्य ः
—मध्य विन्दु जिल्ला अस्पतालको शैया वृद्धि गरी १०० पु¥याई २४ सै घण्टा सेवा प्रदान गरिने
छ ।
— प्रत्येक वडामा आधारभूत शहरी स्वास्थ्य केन्द« स्थापना गरी प्रसुति सेवा र गुुणस्तरीय
स्वास्थ्य सेवा प्रदान गरिने छ ।
— स्थानिय महिलाहरुलाई नर्सिङ तालिम दिई प्रत्येक वडामा सुरक्षित मातृत्व एवं शिशु
स्याहार केन्द« संचालन गरिने छ ।
— कावासोती आयुर्वेद औषधालयको स्तरवृद्धि गरी १५ शैयाको आयुर्वेदिक अस्पताल संचालन
गरिने छ । सबै वडामा आयुर्वेदिक औषधि वितरण गरिने छ ।
— वर्षको १ पटक प्रत्येक वडामा क्यान्सर, मुटु तथा मृगौला परीक्षणका लागि घुम्ति स्वास्थ्य
शिविर संचालन गरिने छ ।
— कुपोषणका कारण हुने वालमृत्यु दरलाई न्युनीकरण गर्न गर्भावस्था देखि २ वर्ष सम्मका
बालबालिका र सुत्केरी महिलाहरुलाई पोषण कार्डको व्यवस्था गरी पोषण भत्ता उपलब्ध
गराईने छ ।
— स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी प्रत्येक विद्यालय÷क्याम्पसहरुमा सेनिटरी प्याड मेशिन
जडान गरिने तथा विद्यालय स्वास्थ्य कार्यक्रम ९क्ज्ए० संचालन गरिने छ ।
— टोल विकास संस्थाहरुसँग समन्वय गरी व्यत्तिगतm सरसफाई र टोल सरसफाई अभियान
संचालन गरिने छ ।
—नगरभित्र एउटा मेडिकल कलेज स्थापना गर्न आवश्य पहल गरिने छ ।
— ऋयखष्म(ज्ञढ जस्ता संभावित संक्रामक रोगहरुबाट बच्न संक्रमण रोग कोषको स्थापना
गरी पूर्वतयारी कार्यहरु सम्पादन गरिने छ ।
— स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरी सबै घरपरिवारलाई सहभागि
गराईने छ । विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य विमा गरिने छ ।
— स्वस्थ जिवन नै सुखको आधार हो भन्ने अनुभूति दिलाउनु योग केन्द«को स्थापना गरि
दैनिक योग व्यायम संचालन गरिने छ ।
४. सुशासन ः
— नगरस्तरीय नीति तथा योजना आयोग गठन गरी आयोजना बैंक स्थापना गरिने छ ।
प्राथमिकताका आधारमा आयोजना बैंकभित्र सुचिकृत आयोजनाहरुलाई क्रमशः
कार्यान्वयन गरिने छ ।
— सेवाग्राहीको सुविधाका लागि प्रत्येक वडाहरुमा नागरिक वडापत्रको व्यवस्था गरिने छ ।
— जवाफदेहिता, उत्तरदायित्व, पारदर्शिता र समावेशिता अवलम्बन गरी सुशासन कायम गर्न
सम्बन्धित पक्षलाई उत्प्रेरित गरिनुका साथै दण्ड तथा पुरस्कारको व्यवस्था गरिने छ ।
— सेवा प्रवाहलाई चुस्त दुरुस्त छिटो छरितो गराउन आधुनिक प्रविधिको प्रयोग गर्नुका साथै
प्रत्येक वडा कार्यालयमा गुनासो पेटिका राखी सोका आधारमा सेवाग्राहिहरुको गुनासो
लाई सम्बोधन गरिने छ ।
— कर्मचारी र शिक्षकहरुलाई कार्य सम्पादन मूल्यांकनका आधारमा पुरस्कृत गरिनुका साथै
छनौट प्रक्रियालाई पारदर्शी बनाइने छ ।
—नगर भित्रका बजारहरुको नियमित अनुगमन गरी उपभोक्ता हकहितको संरक्षण र
सुनिश्चितता गरिने छ ।
— भ्रष्टचार, आर्थिक अनियमितता, विचौलिया लगायतका विकृति विसंगतिहरुलाई
निरुत्साहित गर्न आचार संहिता तयार गर िकडाईका साथ कार्यान्वयन गरिने छ ।
— न्यायिक समितिमा कानुन अधिकृत नियुक्त गरी व्यवहारिक, न्यायमुलक र कानुनी राज्यको
आधारमा न्याय सम्पादन गरिने छ ।
४. सामाजिक सुरक्षा ः
—सम्मानित ज्येष्ठ नागरिकहरुको हितका लागि हेरचाह केन्द«, दिवा खाजा, स्वास्थ्य परिक्षण
सेवा, सामाजिक सुरक्षा भत्ताको सहज वितरणको व्यवस्था गरिने छ ।
—संरक्षक विहिन र दीर्घ रागी ज्येष्ठ नागरिकहरुको अभिभावकत्व नगरपालिकाले ग्रहण गर्नेछ
—ज्येष्ठ नागरिक, एकल महिला, असाहय, दलित, अपाङ्गगहरुलाई नगरपालिकाले थप भत्ताको
व्यवस्था गर्ने छ ।
— अनुभवी जेष्ठ नागरिकहरु तथा एकल महिलाहरुलाई तालिम प्रदान गरी स्वरोजगार
बनाईने छ ।
—जेष्ठ नागरिकहरुको हित गर्न संचालित संघ संस्थाहरुसँग समन्वय गरी भजन किर्तन
अवलोकन भ्रमण, मनोरञ्जन, सम्मान कार्यक्रमहरु संचालन गरिने छ ।
— ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको नाममा जग्गा धनी प्रमाण पूर्जा छ भने भूमि
कर मिनाह गरिने छ ।
— सुरक्षाका लागि सबै वडाहरुमा प्रहरी विटको स्थापना गरी संवेदनशिल स्थानमा साइरन र
ऋऋत्ख् जडान गरिने छ ।
५. भौतिक पूर्वाधार विकास ः
— कावासोतीलाई स्मार्ट सिटिको रुपमा विकास गर्न आवश्यक पर्ने पूर्वाधारहरु तयार गरिने छ
— निर्माणाधीन कावासोती रिङ्गरोडको धिमा गतिलाई द«ुत रुप दिई ५ वर्ष भित्र कार्य सम्पन्न
गरिने छ ।
— नगर भित्रका सबै वडाहरुमा रहेका मापदण्ड पुगेका बाटाहरुको स्तर उन्नती गरी कालो
पत्रे गर्ने र मापदण्ड नपुगेका सडकमा मोजाइक टायल विछ्याउने कार्य ५ वर्ष भित्र
सम्पन्न गरिने छ ।
— सबै वडाहरुमा सार्वजानिक आवागमनलाई सरल र सहज बनाउन नगर बस संचालन
गरिने छ ।
— जिल्ला प्रशासन, जिल्ला समन्वय समिति लगायत नमुना सदरमुकामको रुपमा सबै
सरकारी कार्यालयहरु सिघ्र निर्माण गर्न पहल गरिने छ ।
— प्रत्येक वडाका सभाहल सहितका कार्यालयहरु निर्माण गरिने छ ।
—सरकारी विद्यालय र सामुदायिक क्याम्पसहरुको भौतिक संरचना निर्माणमा जोड दिईने छ ।
— सार्वजानिक पुस्तकालय र सार्वजानिक शौचालयहरु निर्माण गरिने छ ।
— नारायणी नदी तथा लोकाहा, केरुङ्गे र पत्थर खोलाले वर्षेनी कटान गर्ने क्षेत्र
हरुमा व्यवस्थित तटबन्ध गरी वृक्षारोपण गरिने छ ।
—सार्वजानिक जग्गाको संरक्षण गरी फन पार्क, वाल उद्यान, रंगशाला तथा सार्वजानिक
भवनहरु निर्माण गरिने छ ।
— खेती योग्य जमिनको खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न भु–संरक्षण सम्बन्धि
विशेष निति तर्जुमा गरिने छ ।

५. भू–उपयोग तथा बसोबास व्यवस्था ः
— लगत संकलन भएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासीहरुलाई निः शुल्क तथा
अव्यवस्थित बसोबासीहरुलाइृ निश्चित राजस्व लिई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराईने
छ ।
— बोटे, माझी, मुसहर, दलित, लगायतका विपन्न वर्गको लागि सुविधा सम्पन्न एकीकृत
वस्ती निर्माण गरी बसोबासको व्यवस्था मिलाइने छ ।
—सार्वजानिक–साझेदारी नीति अनुरुप गरीब तथा विपन्न वर्गलाई सार्वजानिक जग्गा
उपभोग गरी उत्पादकत्व वृद्धि गर्ने नीति लिइने छ ।
—प्राकृतिक प्रकोपबाट पीडित नगरबासीहरुलाई राहत, उद्धार तथा पुनर्वासको तत्काल
व्यवस्था गरिने छ ।
— धेरै सार्वजानिक जमिन उपभोग गर्नु भएका अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा
वितरण गर्दा निश्चित जमिन नगरपालिकालाई छुट्याई सार्वजानिक प्रयोगमा ल्याईने छ ।
— भू–उपयोग नीति तर्जुमा गरी कृषि क्षेत्र, औद्योगिक क्षेत्र, बजार क्षेत्र, आवास क्षेत्र, वन क्षेत्र,
नदि खोला क्षेत्र छुट्याई व्यवस्थित नगरको जग तयार गरिने छ ।
— नगर क्षेत्रको महासर्भे गरि साँध सिमाना, बाटो, सार्वजनिक क्षेत्र, वन आदिको सिमाङ्कन
गरिने छ ।
६.पर्यटन ः
—नगर भित्रको धर्म, कला र संस्कृतिमा रहेको विविधतालाई आय आर्जनको श्रोत बनाउन
पर्यटन व्यवसायसँग अनुबन्ध गरिने छ ।
— नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका स्थानहरुमा संचालन
भएका मेलाहरु, धार्मिक अनुस्ठानलाई व्यवस्थित गरिने छ ।
— कावासोती १५ र १६ वडा मा रहेको भूमी पुत्र थारुहरुको संग्रहालयलाई स्तरउन्ननि गर्नुका
साथै अन्य जातजातिहरुको भाषा, कला, संस्कृतिको संरक्षण गर्नका लागी उपयुक्त स्थानमा
सांस्कृतिक संग्रहालयहरु क्रमश स्थापना गरिने छ ।
— पोखरा आएका पर्यटकहरुलाई कावासोतीसम्म ल्याउनका लागि आवश्यक पर्यटन
पुर्वाधारहरु निर्माण गरिने छ ।
— टरुवाताल, पोखरीताल, गैँडाताल, राजमन्दिरताल, सिलहट घोल, भुताहा ढाप, गैरी घोल,
उल्टेनी ताल, सौराहा ताल, गुन्द«ही ढकाहा तालको संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा
विस्तार गरिने छ ।
— नगरभित्र रहेका सामुदायिक मध्यवर्ती वन भित्र जंगल सफारीको सुविद्या विस्तार गर्न
मोटरेवल बाटो र प्राकृतिक भ्यु टावरहरु निर्माण गरिने छ ।
— होमस्टे, होटल र रिसोर्टहरुमा विभिन्न जातजातिका परम्परागत परिकार, नृत्य र झांकीहरु
प्रदर्शन गरी वाह्य तथा आन्तरिक पर्यटकहरुलाई आर्कर्षित गरिनुका साथै संस्कृतिको
संरक्षण गरिने छ ।
— पर्यटकीय मार्ग, जैविक मार्ग, पैदल मार्ग, नदि÷खोला करिडोरहरुको दुवै तर्फ वृक्षारोपण
गरी ग्रिन रोडको अवधारणालाई कार्यान्वयन गरिने छ ।
— जटायु रेष्टुरेण्टलाई गिध्द प्रजननु केन्द«को रुपमा विकसित गरी राष्ट्रिय एवै अन्तराष्ट्रिय
पहिचान दिईने छ ।
— कृषि—पर्यटन, वन—पर्यटन र पर्या–पर्यटन विस्तारका लागि चेक लिष्ट तयार गरिने छ ।
—नगरभित्र संचालित पर्यटकीय गतिविधिहरु, स्थलहरु, कार्यक्रमहरुको बारे सुचना पार्टी,
ब्रुशर, बुकलेट र डकुमेण्ट्रीको माध्यमबाट प्रचार—प्रसार गरिने छ ।
— महाभारत तथा चुरे श्रृंखलामा पर्ने धोवादी, देवचुली, वालुवा डाँडा देखि नारायणी नदि
तटसम्म टे«किङ्ग मार्ग संचालन गरी आवश्यक स्थानमा पर्यटकीय पूर्वाधारको निर्माण
गर्नुका साथै साहसिक खेलहरु संचालन गरिने छ ।
७. युवा, खेलकुद तथा रोजगार
— नगरपालिकाले रोजगार तथा सिप उद्यम प्रवर्धन केन्द« स्थापना गरि युवाहरुलाई सिप र
उद्यमशिलता मार्फत रोजगारि सृजना गरिने छ ।
— नगरस्तरीय तथा वडा स्तरीय खेलकुद कार्यक्रमहरु संचालन गरिने छ ।
— नगरस्तरीय सुविधा सम्पन्न कभर्ड हल र प्रत्येक वडामा खेलकुद मैदान निर्माण गरिने छ ।
— एक घर एक रोजगारको अवधारणालाई कार्यान्वयन गरिने छ ।
— लागु औषध दुव्र्यसनी, विकृति विसंगतिमा फसेका युवाहरुलाई कुलतबाट मुक्त गराउन
पुनस्थापना केन्द« संचालन गरिने छ ।
— विभिन्न रोजगारदाताहरुबाट प्रकाशित विज्ञापनहरुबारे सुचित गर्न, परामर्श दिन, रोजगार
परामर्श केन्द« संचालन गरिने छ ।
—आदिवासी÷जनजाति, महिला, दलित, अपाङ्ग र विपन्न वर्गलाई निःशुल्क लोकसेवा, शिक्षक
सेवा र प्रहरी÷सेना सेवाका कक्षाहरु संचालन गरिने छ ।
— बैदेशिक रोजगारिमा जाँदा अङ्गभङ्ग भएका, मृत्यु भएका नगरबासीका छोराछोरीलाई
माध्यमिक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरिने छ ।
— कुनै कारणले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएर उत्पादनशील÷व्यवसायिक
÷औद्योगिक क्षेत्रमा क्रियाशिल रिटर्नीहरुबाट संचालित फर्म÷उद्योगका लागि विशेष
ग्राह्यता दिइने छ ।
८.राजस्व तथा कर प्रणाली ः
— नगर क्षेत्र भित्रका नदि र खोलाहरुको भ्क्ष्ब् (वातावरणीय प्रभाव मूल्याङ्कन) गरी पारदर्शी
रुपमा खुल्ला टेण्डर प्रक्रियाबाट ठेक्का दिई नदी जन्य पदार्थको विक्री गरिने छ । यसरी
प्राप्त राजस्वको ५०% तटीय क्षेत्रको संरक्षण र जिवनस्तर वृद्धिमा खर्च गरिने छ ।
—हाल लागु गरिएको अवैज्ञानिक, अव्यवस्थित र हचुवाको भरमा कार्यान्वयन गरिएको कर
प्रणालीलाई पुनरावलोकन वैज्ञानिक, व्यवस्थित र तथ्यमा आधारित बनाईने छ ।
— करको दरलाई कम गरी आघात बढाउने अवधारणाको प्रयोग गरेर करको दायरा बढाइने
छ । करलाई करकाप होइन कर्तव्यको रुपमा बुझाईने छ ।
— नगरभित्र संचालित पसल, व्यवसाय, फर्म, परामर्श केन्द«, ट्युसन÷ कोचिङ्ग सेण्टर,
कन्सल्टेन्सी लगायतको तथ्याङ्क संकलन र अभिलेख तयारगरी करको दायराभित्र ल्याइने छ
—स्थानीय सीप, साधन, श्रोत र जनशक्तिलाई परिचालन गरि उत्पादन गर्ने फर्म÷उद्योगलाई
कर मिनाह वा छुट गर्न सकिने छ ।
— अधिकतम कर तिर्ने करदाताहरुलाई निश्चित मापदण्डका आधारमा सम्मान तथा पुरस्कृत
गरिने छ ।
९. विविध ः
— नगरको प्रोफाइल तयार गरी दीर्घकालिन रणनीतिक विकास योजना तर्जुमा गरिने छ ।
— नीजि क्षेत्रको साझेदारीमा हाल गरिएको फोहोरमैला व्यवस्थापन कार्य फोहोर स्थानान्तरण
मात्र भएको छ । फोहोर मैलालाई कुहिने र नकुहिनेमा वर्गीकरण गरी प्रांगारिक मल
बनाउने तथा रिािइकल प्रणालीको व्यवस्था गर्नुका साथै अहिलेको प्रतिचुल्हो
रु.२५० शुल्कलाई रु.५ं० मा घटाईने छ ।
— ढल र भलको व्यवस्थाका लागि योजनाबध्द ढल निकास निर्माण गरिने छ ।
— एकघर एक धाराको अवधारणालाई मूर्त रुप दिन नगरभित्रका खानेपानि आयोजनाहरुको
क्षमता विस्तार, निर्माणाधिन खानेपानी आयोजनाहरु सम्पन्न तथा खानेपानि आयोजना
संचालन नभएका वार्डहरुमा तत्काल आयोजना संचालन गरिने छ ।
— धोवाडि फलाम खानी उत्खनन हुँदा पानिका मुहानहरु सुक्न सक्नेतर्फ सचेत हुँदै पानीको
वैकल्पिक श्रोतहरुको खोजी गरिने छ ।
—नगरभित्र गाढिएका विद्युत र टेलिफोनका अव्यवस्थित पोलहरु, लतारिएका तारहरु, होर्डिङ्ग,
बोर्डहरुको उचित व्यवस्थापन गरिनेछ ।
— दलित अपाङ्ग, विपन्न वर्गको घरमा जडान विद्युत, पिउने पानीको मिटर महिला
घरमुलीको नाममा जडान गरिएको छ भने ५० युनिटसम्मको विद्युतमहशुल तथा १००
युनिटसम्मको पानी महशुल मासिक रुपमा छुट गरिने छ ।
— नगरक्षेत्र भित्र आवश्यक स्थलको छनौट गरी आन्तरिक हवाई मैदान निर्माण गरिने छ ।
— लक्षित वर्गहरु महिला, दलित, सिमान्तकृत, अपाङ्ग, बोटे माझी मुसहर, युवा,
वाललालिकाको संशक्तिकरण गर्ने कार्यक्रमहरु संचालन गरिने छ ।
— प्रजातन्त्रका सेनानीहरु, जनआन्दोलनका घाइतेहरु तथा जनयुद्ध÷सशस्त्र द्वन्दका घाइते,
अपाङ्ग र जनमुक्ति सेनाका पूर्व लडाकुहरुलाई सम्मान, सिप विकास र रोजगारको व्यवस्था
गरिने छ ।
— नगरभित्र रहेका सहकारी संस्थाहरुलाई उत्पादनमुलक गतिविधिमा संलग्न गराई अनुदानको
व्यवस्था गरिने छ ।
— छुवाछुट मुक्त नगर बनाई दलित समुदायको आत्मसम्मानको ग्यारेण्टी गरिने छ ।
— मानव–वन्यजन्तु द्वन्दबाट सिर्जना हुने घटनाहरुमा मृत्यु हुन,े अङ्गभङ्ग हुने, बालीनालीको
क्षति हुने समस्यालाई उचित क्षतिपूर्तिको व्यवस्था गरी मध्यवर्ती क्षेत्र र मानव क्षेत्र विच
सुरक्षात्मक पर्खाल निर्माण गरिने छ । मानव वन्यजन्तु द्वन्द न्युनीकरण कार्यक्रम अन्य
वडाहरुमा विस्तार गरिने छ ।
— राजस्व अशुली गर्न बाहाल विटौरी कर लिएको तर करदाताको अपनत्व नभएकोले
स्वामित्व ग्रहण गरिने छ ।
— विपन्न वर्गको घरमा पिउने पानिको धारा निःशुल्क जडान गरिने छ ।

प्रतिक्रिया