मध्यविन्दु चौथो मेयर कप खेलकुद प्रतियोगिता शुक्रवार देखि सुरु हुदै


मध्यविन्दु नगरपालिका स्तरीय मध्यविन्दु चौथो मेयर कप खेलकुद प्रतियोगिता शुक्रवार देखि सुरु हुने भएको छ । मध्यविन्दु नगरपालिका १५ स्थिति हर्वसटार खेलमैदानमा हुने प्रगियोगितामा मध्यविन्दु नगरपालिका भित्रका १५ ओटै वडाका महिला र पुरुष खेलाडिले प्रतिस्प्रर्धा गर्ने छन् । विभिन्न ६ खेलमा हुने प्रतिस्प्रर्धाका लागि १५ ओटै वडबाट खेलाडि छनोट भइ सकेको जनाइएको छ । शुक्रवार विहान ११ वजे मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र बहादुर रानाले उद्घाटन गर्नु हुने प्रतियोगिताको समापन आगउदो आइतवार हुने छ । भलिवल, सटपुट, ज्याबलीङ थ्रो ,लङजम्प, सय मिटर दौड र हाइजम्पमा पुरुष र महिला को छुट्टा छुट्टै प्रतिस्प्रर्धा हुने खेलकुद समितिले जनाएको छ । भलिवमा पुरुष र महिला दुवै समुह तर्फ प्रथमले ३०/३० हजार,द्धितिय समुहले २०/२० हजार, तृतिय समुहले १०/१० हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसैगरी सिंगल इभेन्ट तर्फ प्रथम हुने खेलाडिले नगद ३ हजार, द्धितिय हुनेले नगद २ हजार र तृतिय हुने खेलाडिले नगद १ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडिलाई नगद ३ हजार सहित शिल्ड मेडल र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । मध्यविन्दु नगरपालिका भित्र खेलकुदको प्रवद्र्धन र विकाशका लागि प्रत्येक वर्ष मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।

प्रतिक्रिया