हुप्सेकोट गाँउपालिकाको वडा नम्वर ६ मा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनको बिजुली पुग्यो
हुप्सेकोट गाउँपालिका वडा नम्वर ६ मा पहिलो पटक विधुत् सेवा पुगेको छ । उज्यालो हुप्सेकोट अभियान अन्तर्गत गाउँपालिका भित्रका सवै वस्तीमा राष्ट्रिय प्रशारण लाइनको विधुत् सेवा पुर्याउने योजना अन्तर्गत वडा नम्वर ६ को मौलाथरमा विधुत् विस्तार गरिएको हो ।
मंगलवार औपचारीक कार्यक्रमका विच वडा नम्वर ६ मा बिजुली बत्ती वालेर उद्घाटन गरिएको छ । वडा नम्वर ६ भित्रका ५ सय ७४ घर परिवारले राष्ट्रिय प्रशारण लाईनको विधुत सेवा लिन सक्ने गरि विधुतिकरण पुरा भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले वताउनु भयो । गण्डकी प्रदेशको विशेष संरक्षित क्षेत्र अन्तर्गत पर्ने हुप्सेकोट गाउँपालिकाको वडा नम्वर ६ का अधिकांश गाउँमा विधुत सेवा पुगेको छ भने दुई महिनाभित्रमा पुर्णरुपमा विधुतिकरण कार्य सम्पन्न हुने अध्यक्ष पाण्डेले वताउनु भयो । वडा नम्वर ६ को पेलेगा दमार, जगदेउ, भण्डारी , धौला , कुर्गानटार , छिनडाडा ,केवरा ढाप , विरु खर्क, जापडाडा,सागा भंज्याङ, पिपलडाडा , मौलाथर , रमिते लगाएतको बस्तीमा विधुत सेवा विस्तार भएको जनाइएको छ ।
अहिले सम्म विधुत सेवा नपुगेका यि बस्तीहरुमा विधुत सेवा पुगे पछि स्थानिय हर्षित भएका छन् । कार्यक्रममा वोल्दै नेपाल विधुत प्राधिकरण प्रशारण निर्देशनालयका प्रवन्धक टेक नाथ तिवारीले दुई महिना भित्रमा हुप्सेकोट गाउँपालिका पुर्ण विधुतिकरण हुने वताउनु भयो । केहि वस्तीमा मात्र बिजुली तार पुग्न वाकि रहेकाले ति क्षेत्रमा पनि छिट्टै काम पुरा हुने प्रवन्धक तिवारीले स्पष्ट पार्नु भयो । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले निरन्तर पहल गरेकाले छोटो समयमै विधुत विस्तारको कार्य अगाडि वढेको वताउदै प्रवन्धक तिवारीले केहि महिना भित्रमा गाउँपालिकाको सवै घरमा विजुलि बत्ती वल्ने वताउनु भयो ।
त्यसैगरी नेपाल विधुत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकी प्रदेशका प्रमुख केदारनाथ सिलवालले कोरोनाको प्रभावले बजारमा भनेको समयमा विधुतिय सामाग्रि नपाउदा सोचे अनुसार कार्य अगाडि वढ्न नसके पनि अन्य क्षेत्रको तुलनामा हुप्सेकोट गाउँपालिकामा विधुतिकरणको काम निकै छिटो अगाडि वढेको वताउनु भयो ।
नेपाल विधुत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख अमित कुमार कर्णले विधुतको पोल र तार टाङने कार्य पुरा भएका गाउँहरुमा बिजुली चार्ज गर्दै अगाडि वढिएकाले अव केहि मिहना भित्र सवै गाउमा बिजुली पुग्ने वताउनु भयो । अन्य कुनै अवरोध नआए चैत्र महिना भित्रमा हुप्सेकोट गाउँपालिका पुर्ण विधुतिकरण हुने प्रमुख कर्णले वताउनु भयो । उज्यालो हुप्सेकोट कार्यक्रम संघिय सरकारको १० करोड , प्रदेश सरकारे साढे तीन करोड र हुप्सेकोट गाउपालिकाको साढे २ करोड लागतमा कार्य भई रहेको जनाइएको छ । केहि घरमा सोलार र अधिकाशं घरमा टुकि वत्ति मार्फत दैनिकी चलाउदै आएका स्थानिय राष्ट्रिय प्रशारण लाईनको विधुत सेवा पुगे पछि अहिले सहज महसुस गरेका छन् ।
गाउँपालिका अध्यक्ष स्वयम विजुलि बत्ती वाल्न पुगे पछि स्थानियले बजागाजा र फूलमालाले स्वागत समेत गरेका थिए । चालु आर्थिक वर्षमा अहिले सम्म विधुत सेवा नपुगेको वडा नम्वर ५ र ६ मा विधुतिकरण पुरा हुने अध्यक्ष पाण्डेले वताउनु भयो । आफ्नो घरमा विधुत सेवा उपलब्ध भए पछि गाउँका सर्वसाधारण खुशि भएका छन । बिजुली नहुदा कुटानि पिसानि देखि पढाइ लेखाइमा निकै कष्ट वेहोर्दै आएका स्थानियले अव स्वर्गको अनुभुति पाएको जस्तो भएको वडा अध्यक्ष छाम वहादुर सोमैले वताउनु भयो ।