गैंडाकोट चौथो उप–मेयर कपको उपाधि रत्नराज्य लक्ष्मी माविलाई
गैंडाकोट ,
गैंडाकोट चौथो उप–मेयर कप अन्तरमावि छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्न राज्य लक्ष्मी माविले चुमेको छ । आज सम्पन्न फाईनल खेलमा विजय सामुदायिक शिक्षा सदनलाई १–० गोलले हराउदै ४२ हजार नगद, मेडल, शिल्ड,प्रमाणपत्र हात पारेको छ । कार्यक्रमकी विशिष्ट अतिथि नगरउपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले पुरस्कार प्रदान गरेकी थिइन् ।
पहिलो हाफमा कुनै गोल नभएपनि दोस्रो हाफमा पेनाल्टी पाएर गोल गरेपछि रत्नराज्य लक्ष्मी माविले उपाधि जितेको हो ।
फागुन २४ देखि सुरु भएको प्रतियोगितामा १६ वटा माविले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा उपविजेता विजय सामुदायिक शिक्षा सदनले ३२ हजार नगद, मेडल, ट्रफी, प्रमाणपत्र हात पारेको छ । त्यस्तै प्रतियोगितामा दुई वटा विद्यालय बालविकास मावि र नारायणी माविले तृतीय पुरस्कार रु. १७ हजारका दरले प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार रु. ६ हजार नगद सहित विजय सामुदायिक शिक्षा सदनकी सारा सापकोटाले पाइन् भने उत्कृष्ट गोल रक्षकको रु.५ हजार पुरस्कार रत्नराज्य लक्ष्मीकी पार्वती थापाले प्राप्त गरिन् । प्रतियोगिता अवधिभर धेरै गोल गर्नेमा विजय सामुदायिक शिक्षा सदनकी आयुष्मा परियार र रत्नराज्य लक्ष्मीकी मुना महतोले समान ५÷५ गोल गरेपछि रु। ५ हजारको आधाआधा प्राप्त गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याचको रु। १ हजार पुरस्कार भने रत्नराज्य लक्ष्मीकी ममता शाहीले प्राप्त गरिन् ।
कार्यक्रममा उत्कृष्ट मार्चपास गराएका भन्दै गैँडाकोट इग्लिस स्कुल रु. ६ हजार सहित पुरस्कृत भएको छ ।
बागमती प्रदेश सांसद रिना गुरुङले उपलब्ध गराएको रु. ५ हजार वालविकास बोडिङ स्कुलका छात्राहरुलाई प्रदान गरिएको छ । गुरुङ प्रमुख अतिथि रहेको दिन खेलभएको मध्य उत्कृष्ट प्रदर्शन गरेको भन्दै गुरुङले सो रकम उपलब्ध गराएको आयोजकले जनाएको छ ।
गैँडाकोट खेलकुद विकास समितिको आयोजना, महिला खेलकुद विकास समितिको सहआयोजना र गँैडाकोट नगरपालिकाको संरक्षकत्वमा सम्पन्न प्रतियोगिता समापनका दिन बोल्दै प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले विवादैविवादले नगरको खेल क्षेत्र विकासका लागि खेलकुद समिति गठन नभएपनि खेल गतिविधि नरोकेको बताए । नगरबाट हुनसक्ने सहयोग गरेर क्रिक्रेट फुटवल लगायतका खेलाडी उत्पादनमा काम गरेको उनको भनाई थियो ।
विशिष्ट अतिथि उपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले छात्राहरु पनि खेल खेल्न सक्षम सँगै खेलबाट परिवार, गाउँ समाज र देशलाई चिनाउन सक्छन् भन्ने प्रमाणीत भएको बताइन् । आफ्नो अन्तिम कार्यकालसम्मपनि प्रतियोगिता संचालनमा सहयोग गरेको भन्दै खेलाडीलाई सहयोग गर्न कुनै कन्जुस्याइ नगरेको उनको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले विद्यालय तहबाटै खेलाडी उत्पादन भएमात्रै राम्रो खेल खेल्न सकिने बताए । यो पटक उत्साहजनक सहभागीता र राम्रो प्रदर्शनका साथ विद्यार्थीहरुले आफूलाई सक्षम प्रमाणीत गरेको कार्कीको भनाई थियो । साथै आगामी दिनमा विद्यालय तहमै खेल प्रशिक्षक आवश्यक परे समितिले उपलब्ध गराउन तयार रहेको समेत उनको भनाई थियो ।
कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुती समेत रहेको थियो । समापन कार्यक्रममा वडाअध्यक्षहरु सहित जनप्रतिनिधि, समाजसेवी, युवा तथा खेलप्रेमी,विद्यालयका संचालक, प्रधानाध्यापक शिक्षक विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
नारी दिवसको अवसरमा फागुन २४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सकिएको हो ।