बाक्लो हुस्सुले केही आन्तरिक उडान प्रभावित
काठमाडौं – बाक्लो हुस्सुका आन्तरिक उडान प्रभावित भएको छ ।
हिमाली तथा केही तराइका जिल्लामा बाक्लो हुस्सु लागेका कारण बिहानै तय भएका उडान कहिबेर रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विराटनगर, भैरहवा र तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले बिहान उडान हुन सकेको थिएन ।
यद्यपि अहिले तुम्लिङटार विमानस्थलबाहेक अरू ठाउँमा उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।