यस्तो छ आईसीसी टी-२० विश्वकपको खेल तालिका
२१ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ मा नेपालले समूह चरणमा तीन टेष्ट राष्ट्रसँग खेल्दैछ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल समूह डी मा परेको छ ।
यस समूहमा टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसहित एसोसिएट राष्ट्र नेपाल र नेदरल्याण्ड्स छन् ।
नेपालले यसअघि नै बंगलादेश र नेदरल्याण्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय खेलिसकेको छ भने दक्षिण अफ्रिका र श्रीलंका विरुद्ध पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ ।
नेपाल रहेको समूहमा दक्षिण एसियाकै दुई टेष्ट मान्यता पाएका देश छन् ।
नेपालले ९ वर्षपछि टी-२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा बंगलादेशम भएको टी२० विश्वकप खेलेको थियो ।
टी-२० विश्वकप जुन १ देखि २९ सम्म वेष्ट इन्डिज र अमेरिकामा हुनेछ । नेपालले दुई खेल अमेरिका र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ ।
नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा टेक्सासमा खेल्नेछ । यस्तै दोस्रो खेल जुन ११ मा श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ ।
त्यसपछि नेपालले दक्षिण अफ्रिकासँग जुन १४ मा र बंगलादेशसँग जुन १६ मा बंगलादेशसँग खेल्नेछ । दुवै खेल सेन्ट भिन्सेन्टमा हुनेछ ।
समूह विभाजन
यस पटक टी-२० विश्वकपमा कूल २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा सहभागि टिमलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टिम छन् । एक टिमले चार खेल्न पाउनेछन् । यस पटक अहिलेसम्मकै धेरै ९ एसोसिएट राष्ट्रले टी-२० विश्वकप खेल्दैछ ।
यसअघि टी-२० विश्वकप दुई चरणमा खेलाइएपनि यस पटक भने सबै टिमले उही हैसियतमा खेल्दैछन् । जसले गर्दा एसोसिएट राष्ट्रले पनि कम्तीमा दुई राष्ट्रसँग समूह चरणमै खेल्न पाउनेछ ।
चार समूहको शीर्ष दुई टोली सुपर एट राउण्डमा प्रवेश गर्नेछ । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।
समुह ए र समुह सी को विजेता तथा समुह बी र समूह डी को उपविजेता सुपर एटको समूह ए मा पर्नेछ । यस्तै समूह बी र डी को विजेता तथा समूह ए र सी को उपविजेता सुपर एट को समूह बी मा पर्नेछ ।
लिग चरणका खेलहरु जुन १ देखि १७ सम्म हुनेछ । यस्तै सुपर एटमा खेलहरु जुन १९ देखि २४ सम्म हुनेछ । यसैगरी सेमिफाइनल जुन २६ र २७ मा हुनेछ ।
फाइनल खेल जुन २९ मा बार्बाडोसमा हुनेछ । सेमिफाइनलमा र फाइनलमा रिजर्भ डे पनि राखिएको छ ।
समूह ए : भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका, क्यानडा
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल
यस्तो छ खेलतालिका
लिग चरण
१ जुन : अमेरिका विरुद्ध क्यानाडा, डलास
२ जुन : वेस्ट इन्डिज विरुद्ध पपुवा न्यू गिनी, गुयाना
२ जुन : नामिबिया विरुद्ध ओमान, बार्बाडोस
३ जुन : श्रीलंका विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क
३ जुन : अफगानिस्तान विरुद्ध युगान्डा, गुयाना
४ जुन : इंगल्याण्ड विरुद्ध स्कटल्याण्ड, बार्बाडोस
४ जुन : नेदरल्याण्ड्स विरुद्ध नेपाल, डलास
५ जुन : भारत विरुद्ध आयरल्याण्ड, न्यूयोर्क
५ जुन : पपुवा न्यु गिनी विरुद्ध युगान्डा, गुयाना
५ जुन : अष्ट्रेलिया विरुद्ध ओमान, बार्बाडोस
६ जुन : अमेरिका विरुद्ध पाकिस्तान, डलास
६ जुन : नामिबिया विरुद्ध स्कटल्याण्ड, बार्बाडोस
७ जुन : क्यानाडा विरुद्ध आयरल्याण्ड, न्यूयोर्क
७ जुन : न्यूजिल्याण्ड विरुद्ध अफगानिस्तान, गुयाना
७ जुन : श्रीलंका विरुद्ध बंगलादेश, डलास
८ जुन : नेदरल्यान्ड्स विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क
८ जुन : अष्ट्रेलिया विरुद्ध इंगल्याण्ड, बार्बाडोस
८ जुन : वेस्ट इन्डिज विरुद्ध युगान्डा, गुयाना
९ जुन : भारत विरुद्ध पाकिस्तान, न्यूयोर्क
९ जुन : ओमान विरुद्ध स्कटल्याण्ड, एन्टिगुआ एण्ड बार्बुडा
१० जुन : दक्षिण अफ्रिका विरुद्ध बंगलादेश, न्यूयोर्क
११ जुन : पाकिस्तान विरुद्ध क्यानाडा, न्यूयोर्क
११ जुन : श्रीलंका विरुद्ध नेपाल, फ्लोरिडा
११ जुन : अष्ट्रेलिया विरुद्ध नामिबिया, एन्टिगुआ एण्ड बार्बुडा
१२ जुन : अमेरिका विरुद्ध भारत, न्यूयोर्क
१२ जुन : वेस्ट इन्डिज विरुद्ध न्युजिल्याण्ड, ट्रिनिडाड एण्ड टोबागो
१३ जुन : इंगल्याण्ड विरुद्ध ओमान, एन्टिगुआ एण्ड बार्बुडा
१३ जुन : बंगलादेश विरुद्ध नेदरल्याण्ड, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स
१३ जुन : अफगानिस्तान विरुद्ध पपुवा न्यू गिनी, ट्रिनिडाड एण्ड टोबागो
१४ जुन : अमेरिका विरुद्ध आयरल्याण्ड, फ्लोरिडा
१४ जुन : दक्षिण अफ्रिका विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स
१४ जुन : न्यूजिल्याण्ड विरुद्ध युगान्डा, ट्रिनिडाड एण्ड टोबागो
१५ जुन : भारत विरुद्ध क्यानाडा, फ्लोरिडा
१५ जुन : नामिबिया विरुद्ध इंल्याण्ड, एन्टिगुआ एण्ड बार्बुडा
१५ जुन : अष्ट्रेलिया विरुद्ध स्कटल्याण्ड, सेन्ट लुसिया एण्ड दी ग्रेनाडिन्स
१६ जुन : पाकिस्तान विरुद्ध आयरल्याण्ड, फ्लोरिडा
१६ जुन : बंगलादेश विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स
१६ जुन : श्रीलंका विरुद्ध नेदरल्याण्ड्स, सेन्ट लुसिया
१७ जुन : न्यूजिल्याण्ड विरुद्ध पपुवा न्यु गिनी, ट्रिनिडाड एण्ड टोबागो
१७ जुन : वेस्ट इन्डिज विरुद्ध अफगानिस्तान, सेन्ट लुसिया
सुपर एट
१९ जुन : ए २ विरुद्ध डि १, एन्टिगुआ एण्ड बार्बुडा
१९ जुन : बी १ विरुद्ध सी २, सेन्ट लुसिया
२० जुन : सी १ विरुद्ध ए १, बार्बाडोस
२० जुन : बी २ विरुद्ध डी २, एन्टिगुआ एण्ड बार्बुडा
२१ जुन : बी १ विरुद्ध डी १, सेन्ट लुसिया
२१ जुन : ए २ विरुद्ध सी २, बार्बाडोस
२२ जुन : ए १ विरुद्ध डी २, एन्टिगुआ एण्ड बार्बुडा
२२ जुन : सी १ विरुद्ध बी २, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स
२३ जुन : ए २ विरुद्ध बी १, बार्बाडोस
२३ जुन : सी२ विरुद्ध डी१, एन्टिगुआ एण्ड बार्बुडा
२४ जुन : बी २ विरुद्ध ए १, सेन्ट लुसिया
२४ जुन : सी १ विरुद्ध डी २, सेन्ट भिन्सेन्ट एण्ड दी ग्रेनाडिन्स
सेमिफाइनल
२६ जुन : सेमिफाइनल १, गुयाना
२७ जुन : सेमिफाइनल २, ट्रिनिडाड एण्ड टोबागो
२९ जुन : फाइनल, बार्बाडोस