“राजतन्त्रले जनताको भोक मेटिदैन”:रास्वपा महामन्त्री ढकाल


१६ मंसिर, नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले लोकतन्त्र र गणतन्त्रलाई पार्टीले स्वीकार गरेको बताउनु भएको छ । शनिवार नवलपुरको देवचुली नगरपालिका स्थित पिप्रहर सामुदायिक होमस्टेमा जलेश्वर बैठकबाट पारित संयुक्त दस्ताबेजको विषय र वर्तमान राजनैतिक अवस्था आगामी कार्यदिशाको बारेमा सम्बोधन गर्दै महामन्त्री ढकालले सो कुरा बताउनु भएको हो । उहाँले पछिल्लो समय देशमा राजतन्त्रको कुराहरू उठान भइरहदा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि स्पष्टरुपमा लोकतन्त्र र गणतन्त्रलाई नै स्वीकार गरेको बताउनु भयो । महामन्त्री ढकालले राजतन्त्रले नेपाली जनताको भोक नमेटिने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा राजतन्त्र कुनै हालतमा पनि मान्य नहुने बताउनु भएको छ । नेपाली जनतालाई समृद्ध नेपाल चाहिएको भन्दै उहाँले भौतिक तथा जनशक्ति विकासले मात्र जनताको भोक मेटिने बताउनु भयो । यस्तैगरी उहाँले देशमा धर्मनिरपेक्षताका कुराहरू आइरहदा घुमाउरो रूपमा हिन्दु राष्ट्रलाई रास्वपाले संकेत गरेको बताउनु भएको छ । महामन्त्री ढकालले सनातन सभ्यता , धार्मिक सांस्कृतिक विविधता पारस्परिक सहअस्तित्व र पारस्परिक सम्मानलाई रास्वपाले जोड दिएको बताउनु भयो ।

प्रतिक्रिया