वातावरण संरक्षणमा बालक्लव र सरोकारवालाको भूमिका विषयक अभिमुखीकरण


कावासोती नगरपालिका वडा नँ ४ हसौरामा वातावरण संरक्षणमा बालक्लवको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान २०८० को अवसरमा ” लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालिकामा लगानीको ऐक्यबद्धता” नारा सहित वातावरण संरक्षणमा बालक्लवको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालले बताएको छ ।

उक्त कार्यक्रममा सहभागीहरूलाई वातावरण भनेको के हो ? पर्यावरण अनुकूल वातावरण के हो ? यसको किन महत्त्व छ ? प्रदूषण भनेको के हो ? प्रदूषणका प्रकारहरू केके हुन् ? प्रदूषण हुने कारण र प्रदूषणका प्रभावहरू केके हुन् ? वातावरण संरक्षणका उपायहरू केके हुन सक्छन् ? वातावरण संरक्षणमा बालक्लवको जिम्मेवारी के हो? र कसरी भूमिका निर्वाह गर्न सकिन्छ ? कोप २८ मा किन नेपाल सरकारले बिकसित मुलुक सग आफ्नो विषय आवाज उठाउनु आवश्यक छ  भन्ने विषयहरूमा छलफल भएको थियो ।

सत्यवती आमा समूहका कोषाध्यक्ष कमला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वडास्तरीय बालक्लवका अध्यक्ष तथा साथी शिक्षक गोमा पाण्डे, सल्लाहकार तथा साथी शिक्षक भावना भण्डारी सहित अन्य किशोरकिशोरी र अभिभावकहरूको उपस्थित रहेको थियो  ।

कार्यक्रममा कावासोती नगरपालिकाका किशोरी अभियन्ताहरू गोमा पाण्डे र भावना भण्डारीले कार्यक्रमको विषयवस्तु माथि सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया