देवचुली जीप दुर्घटना अपडेट : मृतक सात जनाको नै सनाखत


नवलपरासी, २६ कात्तिक ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परि मृत्यु भएका सात जनाको नै सनाखत भएको छ ।
जिल्लाको बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजार आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटना स्थलमै मृत्यु भएका छ जना र उपचारको क्रममा एक जना गरि सात जनाको मृत्यु भएको हो ।
दुर्घटनामा बौदीकाली गाउँपालिका–६ का २६ वर्षीय जीप चालक छन बहादुर आले मगर, सोही स्थानका यात्रु ४५ वर्षीय कमला वानटक्की, ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीय कुमारी राना, बुलिङटार गाउँपालिका–४ चुलिबोझा का १२ वर्षीय करिस्मा ठाडा मगर, कावासोती नगरपालिका १६ का १७ वर्षीय अस्बिन गैह्रेको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो ।
जीपमा तीन महिला र चार जना पुरुष गरि सात जना सवार रहेकोमा सवैजनाको मृत्यु भएको छ । उत्तर वाट दक्षिण तर्फ आउदै गरेको जीप अनियन्त्रित भई बाटो छेउको घरमा ठोक्किन पुगेको थियो ।

 

प्रतिक्रिया