देवचुली जीप दुर्घटना अपडेट: घाइतेको पनि मृत्यु, मृतकको सङ्ख्या सात पुग्यो


नवलपरासी, २६ कात्तिक ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परि गम्भीर घाइते भएका युवाको पनि मृत्यु भएको छ ।
जिल्लाको बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजार आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि घटना स्थलमै तीन महिला र चार जना पुरुषको मृत्यु भएको थियो । घाइते भएका अर्यालको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो ।
घटना स्थलमै मृत्यु भएका छ जना मध्य थप एक जनाको पनि परिचय खुलेको प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनु भयो । दुर्घटनामा बौदीकाली गाउँपालिका–६ का ४५ वर्षीय कमला वानटक्की, सोही स्थानका चालक छन बहादुर आले मगर, यात्रु सोही स्थनका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीय कुमारी राना र बुलिङटार गाउँपालिका–४ चुलिबोझा का १२ वर्षीय बालिका करिस्मा ठाडाको पहिचान खुलेको हो । मृतक एक जनाको अझै परिचय नखुलेको उहाँले बताउनु भयो ।
उत्तर वाट दक्षिण तर्फ आउदै गरेको जिप अनियन्त्रित भई बाटो छेउको घरमा ठोक्किन पुगेको थियो ।

 

प्रतिक्रिया