देवचुली दुर्घटना अपडेट: मृतक मध्य चार जनाको परिचय खुल्यो


नवलपरासी, २६ कात्तिक ,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परि मृत्यु भएका छ जना मध्य चार जनाको परिचय खुलेको छ ।
जिल्लाको बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजार आउदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटना स्थलमै तीन महिला र चार जना पुरुषको मृत्यु भएको थियो ।
मृतक छ जना मध्य चालक बौदीकाली गाउँपालिका ६ माझडाडाका २६ वर्षीय छन बहादुर आले मगर, यात्रु सोही स्थनका ५५ वर्षीय टेकमान वानटक्की मगर, ५२ वर्षीय कुमारी राना र बुलिङटार गाउँपालिका–४ चुलिबोझा का १२ वर्षीय बालिका करिस्मा ठाडाको पहिचान खुलेको हो । मृतक मध्य अझै दुई जनाको परिचय खुल्न बाकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेद बहादुर पौडेलले बताउनु भयो ।
सात जना सवार जीपमा दुर्घटनामा परि छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते जिल्लाकै मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भई रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनु भयो ।
उत्तर वाट दक्षिण तर्फ आउदै गरेको जीप अनियन्त्रित भई बाटो छेउको घरमा ठोक्किन पुगेको थियो ।

 

प्रतिक्रिया