मध्यविन्दु नगरपालिकामा कर्मचारी हकहित संरक्षण मञ्च गठन
मध्यविन्दु,
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा सुमनराज रेग्मीको अध्यक्षतामा कर्मचारी हकहित संरक्षण मञ्च गठन गरिएको छ । मध्यविन्दु नगरपालिकामा कार्यरत स्थानीय सेवा, स्वास्थ्य सेवा र समायोजन भई स्थानीय तहमा कार्यरत कर्मचारीहरूको भेलाले रेग्मीको अध्यक्षतामा १३ सदस्य कर्मचारी हकहित संरक्षण मञ्च गठन गरेको हो ।
मञ्चको उपाध्यक्षमा माधव प्रसाद देवकोटा, सचिव विकास नरसिंह राणा, सहसचिव गीता चापागाई, कोषाध्यक्षमा भूमिकला दरै चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरूमा माधव प्रसाद पोखरेल, रामानन्द महतो, शुभ राना, अनन्तराम सापकोटा, कालिका देवी काफ्ले , पार्वती पंगेनी, मञ्जिता आचार्य र रेसम ढकाल रहनु भएको छ । सल्लाहकार समितिमा सन्देश लामिछाने, भोलानाथ शर्मा पौडेल, प्रेम सारु लाई चयन गरिएको छ ।
कर्मचारीको भेलाले जिल्ला स्तरीय, प्रदेश स्तरीय र संघीयस्तरीय सङ्घर्ष समिति एवम् प्रतिनिधि यसै समितिले छनौट गरि नाम पठाउने निर्णय समेत गरिएको कर्मचारी हकहित संरक्षण मञ्चका सचिव विकास नरसिंह राणाले बताउनु भयो ।
आजको भेलाले सङ्घीय निजामती सेवा ऐनको विषयमा विविध छलफल गरिएको उहाँले बताउनु भयो । कर्मचारीको भेलामा मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु सहित ६२ जना कर्मचारीहरूको उपस्थिति रहेको थियो ।