नवलपुरमा मरेका सात वटा गाई सहित दुई जना पक्राउ


दुम्कीवास,२५ भदौ,
पाल्पावाट अबैध रुपमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास तर्फ ल्याउदै गरेका सात वटा गाईहरु मरेका छन् ।
तस्करहरुले अबैध रुपमा पाल्पावाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीवास तर्फ ल्याउदै गरेका सात वटा गाईहरु बाटामै मरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनु भयो ।
बा.प्र. ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा नौ वटा गाई ल्याउँदै गरेको अवस्थामा दुई जनालाई ईलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको उहाँले बताउनु भयो । “पिकअपमा नौ वटा गाई खाँदाखाँद गरेर ल्याउने क्रममा नौ वटा मध्ये सात वटा गाई मरेको र दुई वटा गम्भीर अबस्थामा रहेको पाएका छौ”उहाँले भन्नु भयो “पिकअप भ्यानमा पाल्पाको निस्दीतिरवाट कच्चि बाटो हुदै पुर्वपश्चिम राजमार्ग तर्फ ल्याउदै गर्दा मरेको भेटिएको हो ।”
पिकअप र घटनामा सम्लग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिकअप चालक रौतहट जिल्लाको गजुरा ७ निवासी २८ बर्षीय गोजेन्द्र चौधरी र नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका ८ निवासी ४० बर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको रेग्मीले बताउनु भयो । गाई, पिकअप र पक्राउ परेका दुई जना ईलाका प्रहरी कार्यालय दुम्कीवासको नियन्त्रणमा रहेका छन् ।

 

प्रतिक्रिया