२०८१ चैत्र १, शनिबार

कोरीयमा मृत्यु भएका बौदीकालीका टेकबहादुरको परिवारलाई आर्थिक सहयोग

  • बिष्णु गौडेल
  • २०८० भाद्र १४, बिहिबार
कोरीयमा मृत्यु भएका बौदीकालीका टेकबहादुरको परिवारलाई आर्थिक सहयोग

नवलपुर समाज दक्षिण कोरियाले स्वर्गीय टेक बहादुर पुलामीको परिवारलाई राहत स्वरुप संकलित रकम हस्तान्तरण गरेको छ । स्वर्गीय पुलामीको परिवारलाई नगद रु ६ लाख ५७ हजार एक सय १४ रुपैयाँको चेक नवलपुर समाज दक्षिण कोरिया समितिले हस्तान्तरण गरेको हो । नवलपुर जिल्लाको बौदीकाली गाँउपालिका ४ निवासी स्वर्गीय टेक बहादुर पुलामीको विंस २०४९ साल भदौ २३ गते जन्म भएको थियो । बैदेशिक रोजगारीका क्रममा गत असोजमा मात्रै कोरिया प्रवेश गर्नु भएका पुलामीको २०८० असार १३ गतेका निधन भएको हो । कोरीया गएको ९ महिनाको अवधिमा उहाको ह्दयघातका कारण मृत्यु भएको परिवारजनले बताउनु भयो । मृतक पुलामीको परिवारलाई राहत पुराउने उदेश्यका साथ नवलपुर समाज दक्षिण कोरियाले केही रकम संकलन गरि हस्तान्तरण गरेको हो ।
बुधबार रु छ लाख ५७ हजार एक सय १४ रुपैयाँ रकम बौदीकाली गाँउपालिका ४ का वडाध्यक्षको उपस्थितिमा ,स्व्र्गीय पुलामीको १८ महिने छोरीलाई रु तीन लाख २८ हजार ५७ रुपैयाँ र स्वर्गीय पुलामीको आमालाई रु तीन लाख २८ हजार ५७ रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । नवलपुर समाज दक्षिण कोरियाकाका सल्लाहकार सदस्य जीवन न्योपानेले परिवारको राहतका लागि १ महिना अघि पनि तीन लाख २० हजार संकलित रकम हस्तान्तरण गरिएको जानकारी गराउनुभयो । सदस्य न्योपानेले समाजले सक्दो सहयोग गरिरहने समेत बताउनु भयो यसैगरी सहयोगी हातहरुमा समेत धन्यवाद ब्यक्त गर्नुभयो । स्व्र्गीय पुलामी गत असोज महिनामा मात्रै रोजगारीका क्रममा कोरिया पुुग्नु भएको थियो । उहाँको परिवारमा बुवा ,आमा , श्रीमती र १८ महिनाको छोरी रहनु भएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस