प्रेस युनियन नवलपुर शाखाको नवनिर्वाचित कार्यसमितिद्धारा पदभार ग्रहण


नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं जिल्ला अधिबेशनबाट नवनिर्वाचित कार्यसमितिले औपचारिकरूपमा पदभार ग्रहण गरेका छन् । शनिबार सदरमुकाम कावासोतीमा भएको एक औपचारीक कार्यक्रमका विच गण्डक प्रदेशका कृषि मन्त्री महेन्द्रध्वज जिसीद्धारा नवनिर्वाचित समितिले पदभार ग्रहण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री जिसीले पत्रकार भनेको समाजको आँखा भएको बताउनु भएको छ । समाजमा भएका विकृति कुरीति एवम् सत्तामा भएका विकृतिका कुराहरुलाई उजागर गर्दै निष्पक्ष ढङ्गबाट समाचार सम्प्रेषण गर्दै जनतालाई सुसुचित गराउनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । बाईट । यस कारणले गर्दापनि पत्रकारिता जगतमा पार्टीगतको भातृसंगठन भएतापनि समाजलाई अहित गर्ने खालका क्रियाकलाप कुनैपनि राजनिति दलबाट हुन गएमा पत्रकारले निष्पक्ष ढङ्गबाट कलम उठाउनु पर्नेमा उहाँको जोड छ । नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं जिल्ला अधिबेशनले अध्यक्षमा खगराज सापकोटालाई चयनभएका छन् । निर्वाचन मार्फत सापकोटा अध्यक्षमा र समावेशी उपाध्यक्षमा मिना कंडेल चयन भएका हुन् । उपाध्यक्षमा सुजन अधिकारी, समावेशी उपाध्यक्षमा मिना कँडेल , सचिवमा कल्पना कुँवर , सहसचिवमा गीता गैरे , कोषाध्यक्षमा अजय पौडेल चयन भएका छन् । सदस्यहरूमा गोविन्द रिमाल , एलिना केसी , नवराज अधिकारी, शुसिल भुसाल , निकेश काफ्ले , नारायण प्रसाद भुर्तेल , नारायण सुवेदी , सन्तोष गौडेल , सञ्जय भट्टराई र दिपा पंगेनी निर्विरोध निर्वाचित हुन् । यस्तै शनिबार भएको कार्यक्रमलाई पुराना कार्यसमितिलाई सम्मान पत्र समेत प्रदान गरिएको नवनिर्वाचित अध्यक्ष खगराज सापकोटाले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया