हुप्सेकोटको कोलियामा व्युटीसियन र बुटिक सम्बन्धी तालिम सम्पन्न
हुप्सेकोट, २१ चैत,
हुप्सेकोट गाउँपालिका २ कोलियामा एक महिने व्युटीसियन र बुटिक सम्वन्धी तालिम सम्पन्न भएको छ । हुप्सेकोट गाउँपालिका वडा नम्वर २ को कोलियामा गरिबी निवाराणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत उद्यमशिलता तालिम बाट छनौट भएका १९ जना सहभागिहरुलाई एक महिने व्युटीसियन र बुटिक सम्वन्धी सिप विकास तालिम सञ्चालन गरिएकोे हुप्सेकोट गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले बताउनु भयो ।
तालिम समापन गर्दै हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पुर्ण सिं रानाले सिप विकासका माध्यमवाट व्यवसायिकतामा जोड दिने गाउँपालिको लक्ष रहेको बताउनु भयो । स्थानीय क्षेत्रमा रोजगार सृजनाका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उपाध्यक्ष रानाले बताउनु भयो । त्यसैगरी हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकनाथ घिमिरेले सिप र दक्षता विना अर्थोपार्जन गर्न नसकिने भएकाले सिप विकाशमा जोड दिनुपर्ने बताउनु भयो । हुप्सेकोट गाउँपालिकाले उपलव्धीमुलक सिप विकास र स्वरोजगार मुखी कार्यक्रममा प्राथमिकता दिने प्रमुख प्रशासकिय अधिकृत घिमिरेले स्पष्ट पार्नु भयो । हुप्सेकोट गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले महिलाहरुको क्षमता विकास मार्फत समाज परिवर्त गर्न सकिने बताउनु भयो ।