नवलपरासी पूर्वको सर्दीमा बम भेटियो
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सर्दीमा बेवारिसे अवस्थामा बम भेटिएको छ । आइतबार दिउँसो बारीमा बम देखेपछि स्थानीयहरू त्रसित छन् । बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगल नजिकै बारीम ती बमका गोला देखेका हुन् ।
बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो । जंगलमा चौपाया चराउन गएका किसानहरूले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।
भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोटरको बम ९गोला० हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले भर्खरै यसबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाउने बताएका छन् । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।