नारी दिवसको अवसरमा बिष्णुनगरमा प्रभात फेरी सहित अन्तक्रिया कार्यक्रम सम्पन्न
कावासोती,२४ फागुन,
११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार कावासोती नगरपालिका ६ बिष्णुनगरमा प्रभात फेरी सहित अन्तरक्रिया कार्यक्रम गरिएको छ । कावासोती नगरपालिका वडा नम्वर ६ को आयोजना तथा महिला जागरण संस्था को संयोजनमा नारी दिवसको अवसरमा जनचेतना मुलक र्याली सहित अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष यमबहादुर थापाले महिलाको सहभागिता र समानताका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भएको थियो । त्यसैगरी कार्यक्रममा बोल्दै महिला जागरण संस्था को अध्यक्ष गोमा कुमारी नेपालीले सबै क्षेत्रमा महिलाको समान सहभागिता र उपस्थितिले नै दिगो विकाश सम्भव रहेको बताउनु भयो । कार्यक्रममा कोपिला नेपालको विष्णुदेवी भुसालले महिला हिंसा न्युनिरकणका लागि गाउँगाउँमा जागरण आवश्यक रहेको बताउनु भएको थियो ।
कार्यक्रममा धनीमाया अधिकारी,मनरुपा काफ्ले, दुर्गा ढकाल, सरस्वती सापकोटा, सिर्जना भट्टराई, कुन्तीकला अधिकारी, कोपिला भुसाल लगाएतका महिलाहरुले महिला अधिकार र समानताका बारेमा बोल्नु भएको थियो । अन्तरक्रिया कार्यक्रम अघि महिला अधिकार सम्बन्धी नारा लेखिएका पेलेकाड सहित गाउँ परिक्रमा गरेको कावासोती नगरपालिका वडा नम्वर ६ का वडा सचिव महेन्द्रप्रसाद बास्ताकोटीले जानकारी दिनु भयो ।
११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा सहिते बुधवार विश्वभर मनाईएको छ ।