हुप्सेकोट,२३ फागुन,
११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार हुप्सेकोट गाउँपालिकामा विशेष कार्यक्रम हुने भएको छ । हुप्सेकोट गाउँपालिकाको आयोजमा अन्तराष्ट्रिय नारी दिवसकाको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको हो । विभिन्न क्षेत्रका विज्ञ सहित लैङ्गिक समानताका लागि किशोरी विषयक अन्तरक्रिया कार्यक्रम र नारी दिवस विशेष समारोह आयोजना गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो । लैङ्गिक समानताका लागि किशोरी विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष सहित अधिकारकर्मी एवं लोकप्रिय कलाकार सरिता लामिछाने, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारी लगाएतका संग स्थानीय किशोरी एवं महिलाहरु विच दोहोरो संवाद हुने भएको छ । अन्तरक्रिया कार्यक्रम पछि नारी दिवस विशेष कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष पाण्डेले बताउनु भयो । बुधवार विहान १० बजे देखि सुरु हुने कार्यक्रम हुप्सेकोट गाउँपालका ३ गिरुबारीमा रहेको सरस्वती संस्कृत तथा साधारण माविमा हुने जनाइएको छ । यस वर्षको ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधारःसिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा सहित फागुन २४ गते बुधवार विश्वभर मनाईदै छ ।