गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी देवी पाण्डे


गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् ।

काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो ।स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ । उपाध्यक्ष भने टुंगो लगाए नसकेको कांग्रेस निकट स्रोतले बताएको छ ।

त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाउने भएको छ । एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ । त्यस्तै सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारलाई पठाउने भएको छ ।सदस्यहरुमा दीलकुमारी लावती ९इलाम०, सुमन मिरिंपचन ९मोरङ०, उग्रनारायण यादव ९सिरहा०, रामकुमार आचार्य ९धादिङ०, सरस्वती चिदी ९पाल्पा०, सहनशीला ओली ९सल्यान० र दुर्गादत्त ओझा ९डोटी० रहने भएका छन् ।

कोषाध्यक्ष पाएका नेकपा माओवादी केन्द्रले भने नाम तय गर्न बाँकी रहेको छ गाउँपालिका महासंघ स्रोतले जनाएको छ । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।

प्रतिक्रिया