तनाव व्यवस्थापन सम्बन्धि कार्यक्रम कावासोतीमा सम्पन्न
मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ । पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा समुदायस्तरमा बहस र छलफल आवश्यकता देखिन थालेको छ । मानिसहरु साना साना विषय र समस्या आउँदा आत्महत्या गर्ने, आफुलाई असर पुर्याउने र धुम्रपान तथा मद्यपान सेवनतर्फ बढेको विभिन्न तथ्याँकले बताएको छ । किशोरअवस्था कसरी मानसिक रुपमा स्वस्थ रहने र तनावहरुको व्यवस्थापन गर्ने सिपको बारेमा शुक्रबार कावासोती १२ को शान्ति माध्यमिक विद्यालयका किशोरकिशोरीलाई अभिमुखीकरण गरिएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका ३५ जना किशोरी अभियन्ताहरुलाई जीवनउपयोगी सिप र किशोरकिशोरी अवस्थामा आउन सक्ने परिवर्तन र तनाव व्यवस्थापनको तालिम पश्चात उनीहरुले आफुले अध्ययन गरेको विद्यालय तथा आफ्नो समुदायमा अभिमुखीकरण गर्न थालेका हुन्। आजको कार्यक्रममा विद्यालयमा पढने बालबालिकाहरुलाई तनाव भनेको के हो ? तनावको व्यवस्थापन कसरी गर्ने ? मानसिक स्वास्थ्य भनेको के हो ? मानसिक रुपमा स्वस्थ रहने उपायहरुको बारेमा छलफल गरिएको अभियन्ता बिमाया नेलालिले बताइन्। किशोर अवस्थामा हुँदा साना साना विषयहरुमा तनाव लिने गरेको र तालिम पश्चात आफुमा आएको परिवर्तनलाई साथिहरुलाई सिकाँउदा खुसी लागेको परियारले बताइन्।
पढाई, खेलकुद, साथिहरुसँगको सम्बन्ध, मोबाईल र माया प्रेम जस्ता सामान्य विषयहरुमा बढी तनाव लिने गरेको, प्रतिसोध साध्ने र रिसयिबि समेत लिने गरेको कारणले धेरै किशोरकिशोरीहरुले धुम्रपान, मद्यपान र लागु औसधको प्रयोग गर्ने गरेको सहभागी किशोरीहरुले बताय । किशोर अवस्थामा विपरित लिँगप्रतिको आकर्षण सामान्य रहेको र यसको सही व्यवस्थापन गर्न नसक्दा साथि साथि बिच झगडा हुने, कुटपिट हुने, नबोल्ने र प्रतिशोध समेत लिने गरेको सहभागी किशोरले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ८ लाख मानिसहरुको मृत्यु आत्महत्याबाट हुने गरेको जनाएको छ । यो समुहमा अझै किशोर अवस्थामा रहेकामा बढी रहेको संगठनले प्रतिवेदनमा उल्लेख गरेको छ । ९० प्रतिशत आत्महत्याहरु मानसिक रुपमा स्वस्थ नरहेका र तनावमा रहेकाबाट हुने गरेको उसको प्रतिवेदनमा समावेश गरेको छ । अभिमुखीकरण कार्यक्रमको किशोरी अभियन्ताहरु आशा बि.क., कृष्णदेवि माझि र पुर्णिमा चापागाईंले सहजीकरण गरेका थिए। कार्यक्रममा विद्यालयको फोकल शिक्षक गिता न्यौपानेसहित किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।