नवलपरासी पूर्वमा ८ जनाको उम्मेदवारी फिर्ता


नवलपरासी पूर्वमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा १ जना, निर्वाचन क्षेत्र नं २ मा ३ जना त्यसैगरि प्रदेश सभा १ क मा १ जना , १ ख मा १ जना प्रदेश सभा २ क मा २ जना गरि ८ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत को कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधि सभा तर्फ निर्वाचन क्षेत्र नं १ मा उम्मेदवारी दिएका नेपाली कांग्रेस बिपिका मोहन आचार्य, निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिएका सागर पाठक, लालबहादुर मल्ल र बालकृष्ण गैह्रे रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसै गरि प्रदेश सभा तर्फ उम्मेदवारी दिएका प्रदेश सभा १ क का सरोज कंडेल, १ ख का ठाकुरप्रसाद चापागाईं, २ क का विष्णु प्रसाद लामिछाने र चेतनाथ पोख्रेल रहेका अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधी सभाका लागी उम्मेदवारी दिएका बालकृष्ण गैह्रेले आफ्नो उम्मेदवारी फिर्ता लिए सँगै नवलपुर प्रतिनिधि सभा क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की उम्मेदवार बन्ने हुनुभएको छ ।
त्यसै गरि प्रदेश सभा तर्फ कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका नेपाली काग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले उम्मेदवारी फिर्ता लिएर नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीलाई गठबन्धन तर्फबाट उम्मेदवार बनाउने कांग्रेस र माओवादी बिच सहमति भएको हो ।
नवलपुर क्षेत्र नं १ को प्रदेश सभा (क) तर्फका स्वतन्त्र उम्मेदवार सरोज कण्डेलले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । उम्मेदवारी फिर्ता लिएपछि कण्डेलले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सन्तोष थापालाई सघाउने बताउनु भयो । उहाले आँफू लामो समय वैदेशिक रोजगारमा रहेर विगत दुई बर्षदेखि नेपालमै समाजसेवा गर्दै आइरहेकोमा आसन्न निर्वाचनमा उम्मेदवारी दिएर जनताको सेवा गर्ने अभिलाषा रहेको बताउनु भयो ।
नवलपुरमा यस अघि ७६ जना उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फ उम्मेदवारी दर्ता गराएका थिए ।

 

 

प्रतिक्रिया