अर्जुन सापकोटाको आवाजमा मौलिक तिज गित ‘नाँचम नाँचम ओइ’ बजारमा


हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित गायक अर्जुन सापकोटाको स्वरमा नयाँ तीज गीत सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक ‘नाँचम नाँचम ओइ’मा अर्जुनलाई गायिका अञ्जु पोख्रेलले स्वरमा साथ दिएकी छिन् । कृष्ण बस्यालको शब्द रहेको गीतमा अर्जुनकै संगीत एवं हुकलाइन छ । विश्वास नेपालले गीतको एरेन्ज गरेका हुन् । गीतको भिडियोमा करिश्मा ढकाल र सरद एलजीको नृत्य एवं अभिनय छ ।

गायक–गायिका अर्जुन र अञ्जु स्वयं पनि भिडियोमा प्रस्तुत छन् । अमर सुनार ‘म्याक्स’को निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायाँकन एवं पदम सुवेदीले सम्पादन गरेका हुन् ।

अर्जुन पछिल्लो समय लोकदोहोरीमा रुचाइएका गायक हुन् । अर्जुनका ‘वनकी चरी’, ‘फुल्यो गुराँस’, ‘पछ्यौरी लिसियो’, ‘दुई दुना चार’ लगायतका गीत करोड क्लबमा छन् । पछिल्लो समय म्युजिक भिडियोमा पनि उनि उत्तिकै रोजाइमा परिरहेका छन् ।

गित Arjun Sapkota अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

http://https://www.youtube.com/watch?v=mTaBZ2T73nw

प्रतिक्रिया